News Category 2081/07/01
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
बलपुर्वक मारवाडी सेवा समितिद्वारा संचालित काठमाडौस्थित पशुपती गौशाला धर्मशालामा महानगर प्रहरीद्वारा हस्तक्षेप गरिएको भन्दै सप्तरीका मारवाडी समुदाय आन्दोलित भएका छन ।
विहीवार सप्तरी सदरमुकाम राजविराजमा प्रर्दशन र प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै मारवाडी समुदायले मुद्दाको अन्तिम किनारा नलाग्दै पशुपती गौशाला धर्मशालामा काठमाडौ महानगरपालिका मार्फत नगर प्रहरी प्रवेश गराएर द्वन्द्व निम्त्याउने प्रयास गरिएको भन्दै उक्त कार्य अविलम्ब रोक्न माग गरेका छन ।
मारवाडी सेवा समिति सप्तरीका महासचिव बैजनाथ जोशीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा गौशाला धर्मशाला मारवाडी सेवा समितिलाई नै संचालनको जिम्मेवारी दिनु पर्ने माग गरिएको छ ।
ज्ञापन पत्रमा ८४ वर्ष पूर्व तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्ध शम्मशेरले मारवाडी समुदायलाई उक्त जग्गा सेवा संचालनका लागी उपलब्ध गराएको दाबीका साथ २०६० साल जेठ १२ गते मारवाडी सेवा समितिले पशुपती विकास कोष सित धर्मशाला संचालन सम्बन्धमा सम्झौता गरेको उल्लेख छ । तर, अहिले आएर कोषले एकतर्फी रुपमा सो सम्झौता खारेज गरीदिएको भन्दै ज्ञापनपत्र माफर्त तिब्र असन्तुष्टि ब्यक्त गरिएको छ ।
उक्त विवाद सम्बन्धमा काठमाडौ जिल्ला अदालतबाट भएको आदेश तथा सो उपर उच्च अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको अवस्थामा पशुपती क्षेत्र विकास कोषले अधिकारको दुरुपयोग गरी काठमाडौ महानगरपालिकासँग मिलेर विना कुनै लिखित जानकारी बल प्रयोग गर्दै धर्मशालामा गैरकानुनी ढंगले कब्जा जमाएको ज्ञापन पत्रमा उल्लेख छ ।
गौशाला धर्मशालाको स्थापना कालदेखी नै मानवीय सेवाहरु समेत निशुल्करुपमा संचालन हुदै आएको र यसबाट अहिलेसम्म लाखौ ब्यक्ती लाभान्वित भएको जनाउदै ज्ञापन पत्रमा गौशाला धर्मशालाको आम्दानी कुनै मारवाडी ब्यक्तीगत अथवा संस्थागत रुपमा नलिएको उल्लेख गरिएको छ ।
जिल्ला अदालतको फैसलाको पुर्णपाठ आएपछि उच्च अदालतमा मुद्दा गर्ने म्याद कायमै रहेको अवस्थामा पशुपती विकास कोष र काठमाडौं महानगरपालिकाले गरेको हस्तक्षेपलाई तत्काल रोक्न आवश्यक पहलका लागी ज्ञापन पत्रमार्फत प्रधानमन्त्री संग माग गरीएको छ ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी मग्रातिले तत्कालै उक्त ज्ञापन पत्र पं्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा नागरिक समाजका अध्यक्ष थानसिह भन्साली, उधोग बाणिज्य संघका कोषाध्यक्ष प्रमोद काबरा, उधोग बाणिज्य संघका पुर्व अध्यक्ष मनोज मुन्धडा, मारवाडी युवा मञ्चका केन्द्रीय सदस्य विसान्त जैन, तेरापन्थ सभाका प्रदिप तातेडका साथै युवा व्यवसायी सुशिल काबरा, मनिष दुगड लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ