News Category 2081/07/02
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–काँग्रेस नेतृत्वको बर्तमान गठबन्धन सरकार पुर्ण रुपले असफल भएको दाबी गरेका छन् ।
जसपा नेपाल सप्तरीद्वारा शुक्रबार राजविराज आयोजित “जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत अभियान्ताहरुको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले जनताको सुरक्षा, राष्ट्रिय सम्पत्तिको रक्षा र राष्ट्रिय हितमा काम गर्न सरकार असफल भएको भन्द्र काँग्रेस–एमाले गठबन्धनका कारण मुलुक थप संकटमा धकेलिएको बताए ।
काँग्रेस र कम्युनिस्ट पार्टीकै कारण देश जर्जर अवस्था पुगेको बताउँदै अध्यक्ष यादवले यी दुई पार्टीबाट देश कहिलै नबन्ने दावी गरे । अध्यक्ष यादवले मधेस आन्दोलनबाट प्राप्त संघीयता, समानुपातिक समाबेशी प्रतिनिधित्व समाप्त पार्ने षड्यन्त्र काँग्रेस र कम्युनिस्ट पार्टीको गठबन्धन सरकारले गरीरहेको दोषारोपन समेत गरे ।
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमर सिंह यादव, जसपा नेपालका केन्द्रीय सचिब एवम् पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले मधेश आन्दोलनबाट प्राप्त पहिचान, प्रतिनिधि र अधिकार संरक्षणका लागि संगठित हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ