News Category 2081/07/02
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–काँग्रेस नेतृत्वको बर्तमान गठबन्धन सरकार पुर्ण रुपले असफल भएको दाबी गरेका छन् ।
जसपा नेपाल सप्तरीद्वारा शुक्रबार राजविराज आयोजित “जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत अभियान्ताहरुको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले जनताको सुरक्षा, राष्ट्रिय सम्पत्तिको रक्षा र राष्ट्रिय हितमा काम गर्न सरकार असफल भएको भन्द्र काँग्रेस–एमाले गठबन्धनका कारण मुलुक थप संकटमा धकेलिएको बताए ।
काँग्रेस र कम्युनिस्ट पार्टीकै कारण देश जर्जर अवस्था पुगेको बताउँदै अध्यक्ष यादवले यी दुई पार्टीबाट देश कहिलै नबन्ने दावी गरे । अध्यक्ष यादवले मधेस आन्दोलनबाट प्राप्त संघीयता, समानुपातिक समाबेशी प्रतिनिधित्व समाप्त पार्ने षड्यन्त्र काँग्रेस र कम्युनिस्ट पार्टीको गठबन्धन सरकारले गरीरहेको दोषारोपन समेत गरे ।
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमर सिंह यादव, जसपा नेपालका केन्द्रीय सचिब एवम् पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले मधेश आन्दोलनबाट प्राप्त पहिचान, प्रतिनिधि र अधिकार संरक्षणका लागि संगठित हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ