News Category 2081/07/03
एक सातादेखी वेपत्ता महिला फेला परे
राजविराज÷एक साता अघि वेपत्ता भएकी एक महिला शनिवार सकुशल फेला परेकी छिन । असोज २६ गते दशैका टिकाका दिन देखि सम्पर्क विहिन भएकी सप्तरीको कंचनरुप नगरपालिका १२ रुपननगरकी बेचन कुमारी पोखरेल शनिवार फेला परेको प्रहरीले जनाएको छ ।
दाजु शम्भु पोखरेलको घरमा टिका लगाउन जान्छु भन्दै निस्केकी ६२ वर्षिया पोखरेल बीच बाटो बाटै वेपत्ता भएकी थिइन । घरबाट करिब १ किलो मिटर टाढा रहेको दाजु शम्भुको घरमा टिका लगाएर आउँछु भन्दै निस्केकी दिदी त्यहाँ नपुगी बीच बाटो बाटै हराएपछी परिवारजनले खोजतलास शूरु गरेका थिए ।
कतै कुनै सुराक नपाएपछी दिदीको अवस्था पत्ता लगाई दिन उनले प्रहरीमा समेत उजुरीं दिएका थिए । परिवारजनबाट सम्पर्क विहिन भएकी पोखरेलको हुलिया विवरण सहितको सम्पुर्ण विवरण प्रहरी कार्यालयहरुमा पठाई खोजतलास जारी रहेका बेला शनिवार राजविराज नगरपालिका क्षेत्रबाट आफन्त र प्रहरीले उनलाई फेला पारेको हो ।
उनलाई शनिवार नै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । बोल्न र कान सुन्न नसक्ने रोगले पीडित महिला पोखरेल बाटो विराएर यसरी अलपत्र र परिवारसंग सम्पर्क विहिन भएको अनुसन्धानको क्रममा खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ