News Category 2081/07/03
एक सातादेखी वेपत्ता महिला फेला परे
राजविराज÷एक साता अघि वेपत्ता भएकी एक महिला शनिवार सकुशल फेला परेकी छिन । असोज २६ गते दशैका टिकाका दिन देखि सम्पर्क विहिन भएकी सप्तरीको कंचनरुप नगरपालिका १२ रुपननगरकी बेचन कुमारी पोखरेल शनिवार फेला परेको प्रहरीले जनाएको छ ।
दाजु शम्भु पोखरेलको घरमा टिका लगाउन जान्छु भन्दै निस्केकी ६२ वर्षिया पोखरेल बीच बाटो बाटै वेपत्ता भएकी थिइन । घरबाट करिब १ किलो मिटर टाढा रहेको दाजु शम्भुको घरमा टिका लगाएर आउँछु भन्दै निस्केकी दिदी त्यहाँ नपुगी बीच बाटो बाटै हराएपछी परिवारजनले खोजतलास शूरु गरेका थिए ।
कतै कुनै सुराक नपाएपछी दिदीको अवस्था पत्ता लगाई दिन उनले प्रहरीमा समेत उजुरीं दिएका थिए । परिवारजनबाट सम्पर्क विहिन भएकी पोखरेलको हुलिया विवरण सहितको सम्पुर्ण विवरण प्रहरी कार्यालयहरुमा पठाई खोजतलास जारी रहेका बेला शनिवार राजविराज नगरपालिका क्षेत्रबाट आफन्त र प्रहरीले उनलाई फेला पारेको हो ।
उनलाई शनिवार नै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । बोल्न र कान सुन्न नसक्ने रोगले पीडित महिला पोखरेल बाटो विराएर यसरी अलपत्र र परिवारसंग सम्पर्क विहिन भएको अनुसन्धानको क्रममा खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ