News Category 2081/07/03
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै

राजविराज÷राजविराजको मुटुमै रहेको ऐतिहासिक तथा धार्मिक महत्वको चण्डेश्वरी भगवती मन्दिर तथा मन्दिरको छेउमा रहेको भगवती पोखरीको रुप फेरिदै छ ।
मन्दिर र पोखरी अहिले मर्मत–सम्भार भई नयाँ रुपमा परिणत हुने क्रममा छ । प्रदेश सभा सदस्य किरण कुमारी साह तथा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परविनले विशेष चासो राख्दै मर्मत सम्भार र सौन्दर्यकरणका लागि क्रमशः आप्mनो संसदीय विकास कोष र नगरपालिकाबाट बजेट उपलब्ध गराएपछि उक्त मनिदर र पोखरीको रुप फेरिदै छ ।
प्रदेश सभा सदस्य साहले पटक पटक गरी उक्त मन्दिर र पोखरी सौन्दर्यकरणका लागि हाल सम्म आप्mनो संसदीय विकास कोषबाट करिब ६० लाख रुपैया उपलब्ध गराई सकेकी छिन् ।
यस्तै कार्यवाहक नगरप्रमुख परविनले नगरपालिकाबाट पहिलो चरणमा ५० लाख रुपैया उपलब्ध गराइएकी छिन् । दुवै जनाले अहिले सम्म उपलब्ध बजेटबाट भगवती मन्दिर र पोखरीको सौन्दर्यकरण थालनी गरेर आगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने बजेटले थप सौन्दर्यकरण कार्य गरिने प्रतिबद्घता समेत जनाएक छिन् ।
प्रदेश सभा सदस्य साह आप्mनो संसदीय विकास कोषको बजेटबाट मन्दिर र पोखरी प्रव्ेश गर्ने दुईवटा मार्गमा प्रवेशद्वार तथा पोखरीको एक भागमा पुजाघाट निर्माण गराएकी छिन् । प्राचिन एवं धार्मिक महत्वको स्थल संरक्षण र सम्बद्र्घनको अभावमा जिर्ण बन्न लागेकाले आफुले विशेष चासो देखाएको उनको कथन छ ।
यता राजविराज नगरपालिकाले उक्त मन्दिर र पोखरीको सौन्र्यकरणका लागि ५० लाख रुपैयाको बजेट विनियोजन गरेको छ । आवश्यकता अनुसार आगामी वर्षमा समेत बजेट थपिने कार्यवाहक नगरप्रमुख ईसरत परविन बताउछिन् ।
नगरपालिकाले छुटयाएको बजेटबाट अहिले उक्त मन्दिर र पोखरीमा रंगरौगन, चारैतिर बृक्षारोपण, शौचालय र पर्खाल निर्माणको काम सकिएको छ । यस्तै पोखरीको चारैतिर विद्युतीकरण जडान र पर्खालका भित्ताहरुमा विभिन्न देवी देउता तथा धार्मिक र सांस्कृतिक महत्वका कलात्मक चित्रहरु कोर्ने र आकर्षक रुपमा सजाउने काम धमाधम भईरहेको कार्यवाहक नगरप्रमुख परविनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ