News Category 2081/07/05
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ७ स्थित हनुमानगर बजारमा २७ बर्ष अघि सुरु भएको खानेपानी आयोजनाको निर्माण कार्य अझ सम्पन्न हुन सकेको छैन ।
स्थानिय स्वास्थ्य चौकी परिसरमा बि.स. २०५४ सालमा निर्माण कार्य थालिएको खानेपानी आयोजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानियले बताएका छन् ।
तत्कालिन हनुमानगर गाउँ बिकास समितिको पहलमा निर्माण थालिएको उक्त आयोजना अझै पुरा हुन नसक्दा शुद्ध खानेपानीबाट हनुमाननगरबासी बञ्चित हुँदै आएका छन् । देशमा संघीयता आएपछि सडक निर्माण, बत्ति, बजारीकरणमा बृद्धि भएपनि हनुमाननगरवासी खानेपानीबाट बञ्चित छन् ।
स्थानीय बेचन खड्गाले नगरपालिकाले पनि यसप्रति कहिले गम्भिरता नदेखाएकोले हामी खानेपानी पिउनबाट बञ्चित भएका छौं, उनले भने, “ आयोजना सम्पन्न भएमा यस क्षेत्रका करिब दश हजार भन्दा बढी जनता लभान्वित हुनेछन् ।”
उनले भने “स्वास्थ्य चौकी नजिकै निर्माण सुरु गरिएको शुद्ध खानेपानी निर्माण भए स्वास्थ्य सेवा लिन आउने आमजनताले पनि शुद्ध खानेपानी पाए राम्रो अनुभुति पाउन सक्ने छन् ।”
खानेपानी ट्याङ्की ७५ प्रतिशत निर्माण भइसकेको तर, राजनैतिक खिचातानीले अहिलेसम्म ओझेलमा परेको अर्का स्थानिय राजेन्द्र मिश्रले बताए । उनले भने, “पानी ट्याङ्की निर्माण गरेर पाइप लाइन बिछाउने कार्य अधुरै रहेको छ, पाइपलाईन तानेर शुद्ध पानी दिन अहिलेसम्म नसकिएको कारण नगरबासी आइरनसहितको ट्युवेलका पानी खान बाध्य रहेका छन् ।”
करिब ३ करोडको लागतमा निर्माण थालिएको खानेपानी पहिलो किस्तामा केही काम भएर १०÷१५ बर्षदेखि बिभिन्न राजनैतिक खिचातानी र उपभोक्ता गठनमा बाधा अवरोध भएर ओझेलमा परेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले २८ लाखको टेन्डर आह्वान गरेपछि पुनः निर्माण कार्य थालिएको तर, हाल दुई÷चार बर्ष यता फेरी काम ठप्प हुनाले आयोजना पुरा हुन सकेको छैन । यस्तै दोश्रो पटक पुनः टेन्डर आह्वान गरेपछि शान्ति निर्माण सेवा फर्सैठले बि.स. २०७४ सालमा ठेक्का पाएको थियो ।
उक्त निर्माण सेवाले काम सुरु गरे पनि १३ लाख भुक्तनी नपिाएपछि निर्माण कार्य ठप्प भएको थियो । समयमा भुक्तनी नपाएपछि आफुहरु काम गर्न असमर्थ रहेको उक्त निर्माण सेवाका संचालक नारायण यादवले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले म्याद नथपेका कारण समेत खानेपानी निर्माण अवरुद्ध भएको छ । त्यहाँ ५ लाखको पाइप, सिमेन्ट, १ हजार पिस बाँस लगायतका सामानहरु आठ बर्षदेखि अलपत्र अवस्थामा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ