News Category 2081/07/06
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
सप्तरी विभिन्न राजनीतिक दलका अगुवाहरुले जिल्लमा देखिएका विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी मिलेर काम गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन ।
नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा मंगलवार वसेको राजनीतिक दलहरुको संयुक्त बैठकमा जिल्लामा विकास निर्माण तथा जनसरोकारका विषयमा हाल देखिएका महत्वपुर्ण समस्याहरुको पहिचान गरी समाधानका लागी राजनितिक स्वार्थ भन्दा माथी उठि मिलेर प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन ।
बैठकले जिल्लामा हाल महत्वपुर्ण समस्याको रुपमा राजविराज बसपार्क, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको अधुरो कन्या छात्रावास भवन, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण, राजविराज नगरपालिका क्षेत्रको विटौरी जग्गा बाहकलाई लालपुर्जा प्रदान, गजेन्द्र नारायण सिह अस्पतालमा स्तरिय स्वास्थ्य सेवा र जनशक्तीको अभाव तथा जनसरोकारका कार्यालयहरुमा चुस्तदुरुस्त सेवा प्रवाहको अभाव प्रमुख समस्याको रुपमा रहेको ठहर गरेको छ ।
यस्तै शान्ति सुरुक्षा, ट्राफिक व्यवस्थापन र राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयलाई व्यवस्थित बनाइनु पर्ने लगायतका समस्याहरु समेत समाधान गर्नू पर्ने प्रमुख आवश्यक्ता देखिएको बैठकले ठहर गर्दै समाधानका लागी सबै राजनीतिक दल मिलेर काम गर्ने सहमती बनेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलले जानकारी दिए ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा आयोजित बैठकमा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष केदार यादव, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, जनमत पार्टीका जिल्ला अध्यक्ष रामगमन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष अरुण कुमार देव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साह र लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झा सहभागी थिए ।
बैठकका सहभागीहरुले गजेन्द्र नारायण सिह अस्पतालमा दरबन्दी अनुसारको जनशक्ती नहुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको, बसपार्क निर्माण र संचालनमा ढिलाई हुदा सडक किनारबाटै यातायात संचालनका कारण दुर्घटनाको जोखिम बढेको, पार्किङ र ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको, राजविराज नगरपालिका क्षेत्रको ४ हजार ६ सय बिटौरी जग्गा बाहक परिवार समस्यामा परेको, विभिन्न सरकारी कार्यालयमा ढिलासुस्ती र आर्थिक लेनदेनबाट सेवाग्राही पीडित बनेको लगायतका समस्या उठान गर्दै समाधानका लागी सम्बन्धित मन्त्रालय र कार्यालय प्रमुख संग संयुक्तरुपमा भेटी आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।
यस्तै संयुक्त प्रयासबाट प्राप्त हुने उपलब्धीबारे समिक्षा र भावी दिनमा जिल्लाको समग्र विकासका लागी चाल्नु पर्ने थप कदमबारे आवश्यक छलफल गर्न सबै दलको संयुक्त बैठक प्रत्येक महिनाको पहिलो साता वस्ने निर्णय समेत भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ