News Category 2081/07/07
सबल नेपाल २० औं बर्षमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
राजविराजस्थित सबल नेपाल नामक गैरसरकारी संस्थाले बुधबार आफ्नो १९ औ बार्षिक साधारण सभा गरेको छ ।
सभामा संस्था सिनियर म्यानेजर अशोक साहले आ.ब २०८०÷०८१ को बार्षिक प्रगति प्रतिवेदन तथा आ.ब ०८१÷८२ को बार्षिक कार्यक्रम प्रस्तुुत गरेका थिए ।
स्वस्थ र स्वच्छकर समाजको परिकल्पना गरी “जकर घरमे चर्पि नई ओकर घरमे शादी नई” भन्ने नाराका साथ स्थानिय युवाहरूद्वारा २०६२ साल कार्तिक ७ गतेदेखि स्थापना भएको संस्थाले विभिन्न आरोह अबरोह पार गर्दै २० बर्षमा प्रवेश गरेको हो ।
संस्थाले आप्mनो स्थापनाको एक दशकपछि सामाजिक कार्यमा थप क्षेत्रमा प्रभाव पार्न समुदायको स्तरोन्तीका लागि स्वच्छता एवं सरसफाईसँगै पोषण, शिक्षा, स्वास्थ किशोरकिशोरी प्रजनन् स्वास्थ, महिला क्रिकेटको बिकास लगायतका बिषयमा जनचेतनामा अभिबृद्वि गर्दै समुदायमा सुधार ल्याउन कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष जुना गिरीले बताईन ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादबले सबल नेपालले सुमदायको हितमा निरन्तररूपमा क्रियाशिल भएर गरिरहेको कार्य प्रशंसा गरे ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षताका आयोजित उद्घाटन सत्रमा गैससका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, गैसस सप्तरी उपाध्यक्ष बलेदव मण्डल, कोशी पीडित समाजका निर्देशक देव नारायण यादब, स्वेडक अध्यक्ष मिरा देव, सेभ द चिल्ड्रेन लगायतले सबल नेपाल अझै सवलीकरण हुँदै जाने शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य परमेश्वर झाले तथा संचालन संस्थाका उपाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए । उक्त अवसरमा संस्था २० बर्ष प्रवेश गरेकोमा केक काटेर खुशी सटासाट गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ