News Category 2081/07/08
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
नेपाल टे«ड युनियन काँग्रेस सप्तरीले आवद्ध सबै पेशागत संघ संगठनलाई संगठित र सक्रिय बनाउने निर्णय गरेको छ । यसका लागि टे«ड युनियन काँग्रेसमा आवद्ध सबै शुभेच्छुक संघ र संगठनको भेला, छलफल तथा प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै रुपमा संचालन गरिने भएको छ ।
बिहीबार नेपाली काँग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित नेपाल टे«ड युनियन काँग्रेस सप्तरीको प्रथम जिल्ला परिषद्मा आवद्ध संघ, संगठनका प्रतिनिधिहरुको सुझावमा यस्तो निर्णय गरिएको नेपाल टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलले जानकारी दिए ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको टे«ड युनियनको गतिबिधी विगतको तुलनामा कमजोर भई आवद्ध संघ, संगठनमा समेत असर परेको तथा अगुवाहरुमा निराशा छाएको भन्दै सहभागि वक्ताहरुले उनीहरुमा आशा जगाउन पनि भेला, छलफल र प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै क्रममा अघि बढाउनु आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले मातहतका शुभेच्छुक संस्था बलियो भए काँग्रेस पनि बलियो हुने भन्दै टे«ड युनियन र सो मातहतका संघ, संगठनलाई संगठित, गतिलो बनाउन तथा उनका अगुवाहरुमा उत्साह र उर्जा थप्न आफूले सक्दो सहयोग गर्ने बताए ।
टे«ड युनियन काँग्रेस स्व. नेता गिरिजा प्रसाद कोइरालाले स्थापना गरेको स्मरण गर्दै उनले संगठनलाई निवन्त राख्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।
नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलले टे«ड युनियन काँग्रेसको सांगठनिक संरचनालाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता महसुस गरिएको भन्दै यसका लागि पार्टी भित्रको गुट उपगुट परित्याग गरि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
जिल्ला परिषद्मा टे«ड युनियन काँग्रेस सप्तरीका सचिव रामप्रसाद यादवले सांगठनिक तथा कोषाध्यक्ष प्रमोद कुमार यादवले कोषाध्यक्षीय प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति उमेश मिश्र, टे«ड युनियन काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष बैधनाथ यादव, एम्ब्रोडी ह्यान्डी क्राप्ट तथा सिलाई बुनाई श्रमिक केन्द्र मधेश प्रदेशका अध्यक्ष कमल परियार, नेपाल टे«ड युनियन काँग्रेस सप्तरीका उपाध्यक्ष नन्देश्वर मण्डल, प्रेस युनियन सप्तरीका सचिव रामानन्द देव, कारखाना मजदुर श्रमिक संघका अध्यक्ष गजेन्द्र प्रसाद गुप्ता रौनियार, नेपाल शिक्षक संघका राजदेव यादव, नेपाल सार्वजनिक कर्मचारी संघका बिजय यादव लगायतले पनि बोल्दै टे«ड युनियनकर्मीको समस्या र समाधान बारे आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ