News Category 2081/07/09
जिल्ला बारका निर्वाचित पदाधिकारीहरुद्वारा पदस्थापन
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरी जिल्ला अदालत बार एशेसिएशनको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले शुक्रबार पदस्थपन गरेका छन् ।
उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश अर्जनु अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक केशव दासले निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा सपथ गराएका थिए । प्रमुख अतिथिले भने नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।
गत भदौं २९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका कामेश्वर यादव निर्वाचित भएका थिए ।
उपाध्यक्ष पदमा मिस्टर चौधरी, सहसचिव पदमा शैलजा कुमारी साह र कोषाध्यक्ष पदमा निलम कुमारी यादव निर्विरोध निर्वाचित भएका थिए ।
सचिव पदमा कानुन व्यवसायी रामएकवाल मण्डल, सदस्य पदमा लबेन्द्र प्रसाद देव, धिरेन्द्र लाल, रामनरेश चौधरी, शिवनारायण यादव तथा बिरबहादुर कडारी निर्वाचित भएका थिए ।
यस्तै केन्द्रिय पार्षदमा कानुन व्यवसायीहरु महेन्द्र प्रसाद देव, शंकर कुमार मिश्र, केशरलाल खंग, रमाकान्त चौधरी तथा ध्रब कुमार मण्डल निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ