News Category 2081/07/09
जिल्ला बारका निर्वाचित पदाधिकारीहरुद्वारा पदस्थापन
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरी जिल्ला अदालत बार एशेसिएशनको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले शुक्रबार पदस्थपन गरेका छन् ।
उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश अर्जनु अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक केशव दासले निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा सपथ गराएका थिए । प्रमुख अतिथिले भने नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।
गत भदौं २९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका कामेश्वर यादव निर्वाचित भएका थिए ।
उपाध्यक्ष पदमा मिस्टर चौधरी, सहसचिव पदमा शैलजा कुमारी साह र कोषाध्यक्ष पदमा निलम कुमारी यादव निर्विरोध निर्वाचित भएका थिए ।
सचिव पदमा कानुन व्यवसायी रामएकवाल मण्डल, सदस्य पदमा लबेन्द्र प्रसाद देव, धिरेन्द्र लाल, रामनरेश चौधरी, शिवनारायण यादव तथा बिरबहादुर कडारी निर्वाचित भएका थिए ।
यस्तै केन्द्रिय पार्षदमा कानुन व्यवसायीहरु महेन्द्र प्रसाद देव, शंकर कुमार मिश्र, केशरलाल खंग, रमाकान्त चौधरी तथा ध्रब कुमार मण्डल निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ