News Category 2081/07/09
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नेकपा एमालेका नगर इन्चार्ज तथा वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरीले शुक्रबार नगर इन्चार्ज पदबाट राजिनामा दिएका छन् ।
निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त शुसासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजिनामा दिएका हुन् ।
‘स्थानिय तहको चुनावमा पार्टीको तर्फबाट भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने प्रतिवद्धता जनतासंग गएपनि अढाई बर्ष वित्न लाग्दा पनि कायम हुन नसकेपछि पटक–पटक छलफल भएर सहमति पनि भएको तर, कागजकै खोस्टोमा सिमित रहयो कार्यान्वयन भएन’ चौधरीले भने, ‘न्यूनिकरणको ठाउँमा अझै बढ्दै गएको छ ।’
उनले भ्रष्टाचार सुशासन कायम गर्न नसकेकोमा नगरप्रमुख रामलखन मलाह दोषी रहेको बताए । ‘यसमा नेतृत्व पंक्ति दोषी छ’ उनले भने ।
गत स्थानीय निर्वाचनमा नगरपालिको मेयर र उपमेयर समेत एमालेकै उम्मेदवार निर्वाचित भएको तथा आफु दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएपनि नगरपालिकामा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न असफल भएको पत्रमा उल्लेख गरेका छन् ।
उनी सो नगरपालिकाको वडा नं. ९ पत्थरगाडामा दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ