News Category 2081/07/10
तरुण दलले मनाए स्थापना दिवस
दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
तरुण दल सप्तरीले शनिवार ७२ औ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ ।
स्थापना दिवसको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले नेपाली काँग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनमा तरुण दलको भूमिका कसैले पनि विर्सन नहुने बताए ।
उनले सात दशकको इतिहास बोकेको तरुण दलले संगठन विस्तार गरि सक्रियताका साथ देश र जनताको सेवामा लाग्नु पर्ने उल्लेख गरे । ‘नेपाली काँग्रेसमा पहिला जस्तै जोश ल्याउनु प¥यो, संगठन सुदृढ गर्दै जनताको अपेक्षा अनुसार अगाडी बढ्नु नितान्त आवश्यक छ’ सभापति साहले भने ।
यस्तै सोही कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव सनत मंडलले पहिलाको तुलनामा अहिले तरुण दलको संगठन कमजोर रहेकोले त्यसलाई बलियो बनाउनु पर्ने बताए । उनले संगठन विस्तार गर्नमा पार्टीको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका पार्टी पंक्तिले निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
तरुण दलका जिल्ला अध्यक्ष अर्जुन कुमार यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामकुमार यादव, संगठन विभाग प्रमुख बद्री महात्मान, मुस्लिम संघका महामन्त्री इरसाद अन्सारी, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर, नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, पार्टीका जिल्ला सदस्य शम्भुलाल देव, तरुण दलका जिल्ला सचिव रबिन्द्र गोइत सहितका वक्ताले तरुण दलको स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै तरुण दलको एतिहासिक पृष्ठभूमी र संगठन विस्तार बारे मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ