News Category 2081/07/10
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
नागरिक समाज नेपालको अगुवाईमा कात्तिक १६ गतेदेखि राजविराजबाट मधेश प्रदेशको राजधानी जनकपुरसम्मको साइकल यात्रा गरिने भएको छ ।
शनिवार राजविराजमा समाजका संयोजक प्रा. कुमार कमलेन्द्रमले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन् ।
लोकतन्त्र मैत्री दबाव आन्दोलन स्वरुप राजविराजस्थित गजेन्द्र चौकबाट ५ दर्जनभन्दा बढी नागरिक अगुवाको सहभागीतामा हुलाकी सडक हुँदै निस्किने साइकल यात्राको मानव अधिकारकर्मी कृष्ण पहाडीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
दलीय भागबण्डा राजनीतिको अपराधीकरण र व्यापारीकरण, संरक्षित भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाएकाले सचेत नागरिकका तर्फबाट दबाब र आन्दोलन सृजनाका सन्देश बाँड्दै साइकल यात्रा जनकपुर तिर प्रस्थान गर्न लागेको समाजका संयोजक कुमार कमलेन्द्रम्ले जानकारी दिए ।
नागरिक अगुवा बलराम यादवले मुलुकको समाजिक, आर्थिक रुपान्तरणका लागि साइकल यात्रा निस्किन लागेको बताए । अर्का नागरिक अगुवा प्रा. विष्णु नारायण यादवले सचेत नागरिकको हैसियतले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा लोकतन्त्र मैत्री दबाव आन्दोलन स्वरुप साइकल ¥याली निस्किन थालेको र जनकपुर पुगेर एक भव्य कार्यक्रम पश्चात समापन हुने जानकारी दिए ।
पत्रकार सम्मेलनमा नागरिक अगुवा प्रा. विष्णु नारायण यादव तथा बलराम यादव समेत सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ