News Category 2081/07/10
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
नागरिक समाज नेपालको अगुवाईमा कात्तिक १६ गतेदेखि राजविराजबाट मधेश प्रदेशको राजधानी जनकपुरसम्मको साइकल यात्रा गरिने भएको छ ।
शनिवार राजविराजमा समाजका संयोजक प्रा. कुमार कमलेन्द्रमले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन् ।
लोकतन्त्र मैत्री दबाव आन्दोलन स्वरुप राजविराजस्थित गजेन्द्र चौकबाट ५ दर्जनभन्दा बढी नागरिक अगुवाको सहभागीतामा हुलाकी सडक हुँदै निस्किने साइकल यात्राको मानव अधिकारकर्मी कृष्ण पहाडीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
दलीय भागबण्डा राजनीतिको अपराधीकरण र व्यापारीकरण, संरक्षित भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाएकाले सचेत नागरिकका तर्फबाट दबाब र आन्दोलन सृजनाका सन्देश बाँड्दै साइकल यात्रा जनकपुर तिर प्रस्थान गर्न लागेको समाजका संयोजक कुमार कमलेन्द्रम्ले जानकारी दिए ।
नागरिक अगुवा बलराम यादवले मुलुकको समाजिक, आर्थिक रुपान्तरणका लागि साइकल यात्रा निस्किन लागेको बताए । अर्का नागरिक अगुवा प्रा. विष्णु नारायण यादवले सचेत नागरिकको हैसियतले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा लोकतन्त्र मैत्री दबाव आन्दोलन स्वरुप साइकल ¥याली निस्किन थालेको र जनकपुर पुगेर एक भव्य कार्यक्रम पश्चात समापन हुने जानकारी दिए ।
पत्रकार सम्मेलनमा नागरिक अगुवा प्रा. विष्णु नारायण यादव तथा बलराम यादव समेत सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ