News Category 2081/07/12
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
दशकौंदेखि वसोवास गर्दै आएको जग्गाको लालपूर्जा नहुदा समस्यामा परेका ४० जनाले सोमवार लालपूर्जा (जग्गाधनी दर्ता प्रमाणपत्र) प्राप्त गरेका छन ।
राजविराज नगरपालिका वडा नं.७ कार्यालयको पहलमा नापी कार्यालय तथा ३ नं. नापी टोलीले सोमवार वडा कार्यालय मै एक कार्यक्रमको आयोजना गरी ४० जनालाई जग्गाधनी दर्ता प्रमाण पत्र प्रदान गरेका हुन ।
कार्यक्रममा वडा नं. ७ नं का अध्यक्ष सुभाष चन्द्र यादव, ६ नंं वडाका अध्यक्ष शशी चौधरी, ८ नंं.का वडा अध्यक्ष जयनारायण मण्डल, ४ नं.का वडा अध्यक्ष अनिल दास (गुडु), नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, ३ नंं.नापी टोलीका प्रमुख सतिष कुमार यादव लगायतले जग्गाधनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरेका थिए ।
सो वडाका बाकी अन्यलाई पनि प्रक्रिया पुरा गर्दै क्रमिकरुपमा जग्गा धनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरिने नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रले जानकारी दिए ।
गाउँ ब्लकको जग्गामा बावु बाजेको पालादेखी वसोवास गर्दै आएका सो वडाका जनतालाई लालपुर्जा नहुदा समस्या भएकाले लालपुर्जाका लागी पहल गरिएको र बाँकिलाई आवश्यक प्रक्रिया पु¥याएर लालपूर्जा दिलाउन आफु प्रयासरत रहेको बडाअध्यक्ष यादवले बताए ।
नगरपालिका क्षेत्रको विटौरी जग्गाधनीको समस्या पनि यसरी नै समाधान गरिनु पर्ने र यसका लागी समेत आफु लागी परेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ