News Category 2081/07/12
भन्सार छली ल्याइएको २५ लाख मुल्य बराबरको कपडासहित तीन पक्राउ, बरामद कार र मोटरसाइकल भन्सार चलान
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सप्तरीको तीन छुट्टाछुट्टै स्थानबाट भन्सार छली ल्याइएको करिब २५ लाख मुल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अबैधरुपमा कपडा ल्याउन प्रयोग गरिएको कार र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ती सवारीलाई प्रहरीले राजविराज भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरीले जिल्लाको बोदेबरसाईन नगरपालिका ५ शत्रुघन चौकबाट २१ लाख १३ हजार १ सय मुल्य बराबरको भन्सार छली भारतबाट ल्याइएको रेडिमेड कपडा र साडी बरामद गरेको छ ।
उक्त अबैध कपडा लोड गरेको प्र.०३–०१–०२३ च. ८०२५ नम्बरको कार र सप्तरीको खडक नगरपालिका ८ वस्ने २५ चालक सनावुल मियाँलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
यस्तै प्रहरीले राजविराज नगरपालिका ६ स्थित सखडा रोड मोडबाट भारतबाट अबैधरुपमा स.८प.५२५३ नम्बरको मोटरसाइकलमा तीन वटा बोरामा लोड गरी ल्याउदै गरेको रेडिमेड कपडा र साडी बरामद गरेको छ ।
मोटरसाइकलमा उक्त समान ल्याउने सप्तरीको रुपनी गाउपालिका ५ का २६ वर्षिय चुनचुन यादव र राजगढ गाउँपालिका २ का २८ वर्षिय संजय साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद कपडाको ३ लाख ९ हजार ६ सय रुपैया मुल्याँकन गरिएको छ ।
यस्तै सोमबारै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २७ हजार मुल्य बराबरको कपडा बरामद गरेको छ ।
बरामद समान र अवैध ओसारपोसारमा प्रयोग गरिएका गाडीहरुसहित तीनै जनालाई आवश्यक कारवाहीका लागी राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
तिहार र छठ पर्व नजिकिएसँगै भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा तस्करको चलखेल बढेपछी प्रहरीले सुराकी परिचालन गरी निगरानी बढाएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ