News Category 2081/07/13
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि राजविराजमा एक संस्थाले तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी मनाएको छ ।
मनोबल उच्च राख्न र प्रोत्साहन गर्ने उद्देश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले मंगलवार “शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान” कार्यक्रम गरेको हो ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहभागी गराई उनीहरु बीच चित्रकला प्रतियोगिता गराएर शुभकामना आदान प्रदान गरिएको छ । उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाका साथै उनका अभिभावकको समेत उपस्थिती रहेको आयोजक संस्था बौद्धिक अपाङ्गता अभिभावक संघका निमित्त अध्यक्ष राजेश परियारले बताए ।
चित्रकलाका माध्यमबाट पनि उनीहरुमा हौसला र स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम रोजिएको उनले सुनाए ।
कार्यक्रम संयोजक ज्ञानेन्द्र कुमार झाका अनुसार प्रतियोगितामा बौद्धिक अपाङ्गता भएका १९ जना बालबालिका सहभागि भएकोमा भोला राम, (प्रथम), पुनम शर्मा, (दृतिय) तथा बैजु मण्डल (तृतिय) भएका छन । विजयी बालबालिकाहरुलाई पुरस्कार स्वरुप उनीहरुले प्रयोग गर्न सक्ने खालका शैक्षिक समाग्री प्रदान गरिएको कार्यक्रम संयोजक झाले बताए ।
सो अवसरमा आयोजक संस्थाका उपाध्यक्ष महेश्वर ठाकुर, आरती मण्डल, विमला परियारका साथै अभिभावक बद्री नारायण साह, बिना श्रेष्ठ, सुजिता झा, अनिता देवी महतो लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ