News Category 2081/07/13
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
मिटरब्याजी रामदेव साह र उनका परिवारबाट पीडित भएकाहरुले मंगलवार सप्तरी जिल्ला अदालतको गेट अगाडी धर्ना दिएका छन ।
मिटरब्याजी पीडितहरुले राजविराज बजारमा प्रदर्शन पश्चात अदालत पुगेर गेट अगाडी पाल टाँगेर धर्नामा वसेका हुन ।
उनीहरुले सम्पती सुद्धिकरण (मनि लाउण्डरींङ) मुद्दामा पक्राउ परेका रामदेव साहका श्रीमती शिव कुमारी र छोरा नन्दकिशोर माथी कानून बमोजिम कडा कारवाही हुनु पर्ने माग गरेका छन ।
साह परिवार माथी यस अघि ठगी तथा आपराधीक विश्वासघात मुद्दा समेत चलिरहेको छ । पक्राउ परेका आमा छोराको बयान सकिएपछी भित्र थुनछेक बहस चलिरहदा बाहिर पीडितहरुले धर्ना र प्रर्दशन गरेका हुन ।
उनीहरुले आफुहरुलाई चर्काे ब्याज लिएर घरवारविहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारवाही नगरिए अदालत कै अगाडी आत्महत्या गर्ने चेतावनी समेत दिएका छन ।
पीडितहरुले साह परिवारसँग लिएको ऋण चर्काे ब्याज सहित चुक्ता गरिसके पनि बन्धकी स्वरुप राखेको जग्गा फिर्ता नगरेको गुनासो गरेका छन ।
मिटरब्याजी रामदेव साह सहित सात जना विरुद्ध अदालतले सम्पत्ती सुद्धिकरण सम्बन्धि मुदामा असोज २ गते पक्राउ पुर्जी समेत जारी गरी सकेको छ ।
रामदेव साह सहित उनकी श्रीमती शिव कुमारी, छोराहरु नन्दकिशोर, विपिन, छोरी पुष्पा, नाती चन्दन र कैलाश विरुद्ध पक्राउ पुर्जी जारी भएको श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
जसमध्ये ५ जना अझै फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ । साह परिवारले ठगी तथा आपराधीक विश्वासघात गरेको भन्दै सप्तरीका १७ जना पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए ।
यता थुनछेक बहस सकिएपछि न्यायाधिश उदविर नेपालकीको इजलाशले दुबैजनालाई जनही ५ लाख २२ हजार ५ सय धरौटीमा छाड्ने आदेश जारी भएको उदालत श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ