News Category 2081/07/14
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नर बहादुर कर्माचार्यको जन्मशताब्दी बुधवार उनको राजनीतिक योगदानको सम्झना तथा विरामीहरुलाई फलफुल वितरण गरी मनाइएको छ ।
नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरीले बुधवार नेकपा (माओवादी केन्द्र) सप्तरीको समन्वयमा स्थानीय गजेन्द्र नारायण सिह अस्पताल तथा सोही अस्पताल परिसरमा संचालित पोषण गृहमा उपचारका लागी भर्ना भएका २ सय ८ जना विरामीहरुलाई फलफुल र पोषणयुक्त खानेसमान वितरण गरेका छन् ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष धु्रव कुमार मण्डल, नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य अशोक कुमार मण्डल, जिल्ला इन्र्चाज सुर्यनाथ यादव, प्रदेश सांसद माला कर्ण, पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव, मधेश प्रदेशका पूर्व राज्य मन्त्री रुवी कर्ण, अखिल नेपाल टे«ड युनियन महासंघ मधेश प्रदेशका अध्यक्ष केदार देव, वडा अध्यक्ष अख्तर अलीका साथै प्रतिष्ठानका पदाधीकारी तथा नेकपा (माओवादी केन्द्र) का नेता कार्यकता सहभागी थिए ।
काठमाडौंको ललितपुरमा वि.स.१९८१ साल कार्तिक १४ गते जन्म भएका कर्माचार्य वि.स.२००६ सालमा पुष्पलाल श्रेष्ठ, नारायण विलाश जोशी र निरंजन गोविन्द बैद्य सहित मिलेर नेपाल कम्यूनिस्ट पार्टीको स्थापना गरेका थिए । उनको वि.स.२०७० साल साउन ९ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ