News Category 2081/07/14
भन्सार छलेको कपडा, मोटरसाइकलसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
भन्सार छलेर भारतबाट नेपालतर्फ कपडा ल्याउँदै गरेको अवस्थामा दुई जनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा छिन्नमास्ता ३ सखडा नहर सडक खण्डबाट राजविराजतर्फ आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ७ निवासी २५ वर्षिय अजय कुमार मणडलले चलाई राखेको मधेश प्रदेश ०१–००४प.६२९५ नम्बरको मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार राजविराज ८ निवासी २६ वर्षिय पवन कुमार कर्णले बोकेको कालो ब्याग चेकजाँच गर्दा भन्सार छलेको ३७ हजार ४ सय मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको जनाएको छ । कपडासहित उनीहरुले चढेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद कपडा, मोटरसाईकल, चालकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ