News Category 2081/07/14
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेता÷कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार नेपाली काँग्रेस राजविराज वडा नं १२ वुथ समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका ८० जना नेता÷कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टी(जसपा) नेपाल, नेकपा एकिकृत समाजवादी, जनमत र नेकपा माओवादी केन्द्र नेता÷कार्यकर्ता रहेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
नव प्रवेशी नेता÷कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवका साथै क्षेत्रिय सभापति महानन्द यादव, महेन्द्र यादव, महाधिवेशन प्रतिनिधि प्रदीप यादव, शुशीला यादव, ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य प्रभात कुमार ललन र जिल्ला सदस्य उमेश यादव लगायतले फुलमाला र अविरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।
काँग्रेका बुथ सभापति नाथो मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले देशको हित चाहने वास्तविक पार्टी काँग्रेस मात्र भएको दावीका साथ यसमा समाहित हुन अन्य दलका नेता÷कार्यकर्तालाई आह्वान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ