News Category 2081/07/19
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको दुई लाख भन्दा बढी मुल्य बराबरको विभिन्न कपडा र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार गस्ती गर्ने क्रममा राजबिराज नगरपालिका वडा नं. १६ बोरिया सडक खण्डस्थित उक्त मुल्य बराबरको कपडा र मोटरासइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
राजबिराजतर्फ आउदै गरेको जिल्लाकै राजगढ गाउँपालिका ३ निवासी १९ वर्षिय प्रेम कुमार साहले चलाइरहेको स.९प.२५६७ नम्बर मोटरसाईकल र त्यसमा सवार सोही स्थान निवासी १८ संतोष कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा रहेको प्लाष्टिकको बोरालाई चेकजाँच गर्दा बोराभित्र बिभिन्न कपडाहरु फेला परेको हो । ती कपडाको मुल्य २ लाख ६२ हजार ३ सय ३० रुपैया रहेको प्रहरीले जनाएको छ ।
बरारामद बिभिन्न कपडा, मोटरसाइकल र दुबै जनालाई नियन्त्रणमा लिई प्रहरी टोलीले आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ