News Category 2081/07/20
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरीका नयाँ प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न आफू प्रतिबद्ध रहेको जनाएका छन् ।
सप्तरीमा मंगलबार पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरि उनले यस्तो बताउँदै यसका लागि सञ्चारमर्की समेतको सकारात्मक सहयोगको अपेक्षा समेत राखेका छन् ।
आप्mनो कार्यकक्षमा पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनले पीडितलाई न्याय र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रशासन र सञ्चारकर्मी दुवैको एउटै उद्देश्य भएकाले समान उद्देश्य बोकेका संस्था आपसी सद्भाव, समन्वय र मिलेर काम गर्दा झन प्रभावकारी हुने बताए ।
प्रजिअ दाहालले आप्mनो कार्य कुशलता र सबैको साथ सहयोग लिएर शुसाशन र समाजमा शान्ति सुवयवस्था कायम गर्न सफल हुने विश्वास समेत व्यक्त गरे ।
पत्रकारको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले प्रहरी प्रशासनलाई पनि मद्दत पुग्ने भन्दै उनले सत्यतथ्य समाचार सम्प्रेशनका लागि समेत पत्रकारहरुसँग आग्रह गरे । उनले काम गर्ने क्रममा कुनै त्रुटी भए सचेत र आवश्यक सुझाव दिन समेत सञ्चारकर्मीहरुसँग अनुरोध गरे ।
सो अवसरमा सञ्चारकर्मीहरुले जिल्लामा देखिएका विभिन्न समस्या र शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले चाल्नु पर्ने कदमबारे आ–आफ्ना सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ