News Category 2081/07/20
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरीको कंचनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
अघिल्लो दिन सोमवार दिउसो त्रियुगा नदीमा नुहाउन गएकी सोही वडाका श्रवण महतोकी ९ वर्षिया छोरी प्रतिमा र सुरेश सदाकी ८ वर्षिया छोरी जीतनीको डुबेर मृत्यु भएको थियो ।
दुबै जनाको शव सोमवार नै फेला परेपनि संगै गएकी श्याम कुमार खंगकी ८ वर्षिया छोरी काजल भने मंगलवार विहान मृत अवस्थामा भेटिएकी हुन ।
घट्नास्थलबाट करिब एक किलोमिटर टढा ढृुङ्गामा अडकिएको अवस्था काजलको शव फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।
सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त गोताखोर टोलीले सोमवार दिउसो पनी वेपत्ता काजलको खोजी गरेको थियो । तर साझ पर्न थाले पछि रोकिएको खोजी कार्या मंगलवार विहान देखी पुनः सूरु गरिएको थियो । सोही क्रममा काजलको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
म्ृातक सबैको शव पोस्टमार्टमका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल पु¥याईएको छ ।
यता छठ पर्वको तयारीमा जुटेका बेला तीन जना बालिकाको डुबेर मृत्यु भएपछि अहिले कंचनरुप नगरपालिका ४ जगतपुर टोल शोकमग्न बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ