News Category 2081/07/23
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेश कृषि विश्वविद्यालयको खातामा अहिले पनि २५÷३० करोड रहेका कारण काममा कुनै वाधा नपर्ने बताएका छन् ।
शुक्रबार गृहजिल्ला सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
विगतमा प्रक्रिया मिचेर विश्वविद्यालयको रजिष्टार नियुक्ति गरिएको भन्दै उनले त्यहा काममा भन्दा पनि कमिशनको खेल बढी हुने गरेको दोषारोपन समेत गरे । उनले विश्वविद्यालयका लागि १० लाख मात्र न्युन बजेट छुट्याइएको विषयमा कर्मचारीले गरेको त्रृटीका कारण यस्तो हुन गएको स्पष्ट पनि पारे ।
विगतका सरकारको पालामा प्रक्रिया नपु¥याई गरिएको नियुक्तिका कारण पनि काम गर्न अफ्ठ्यारो भइरहेको भन्दै मुख्यमन्त्री सिंहले विगतका कमिकमजोरी सुधारका लागि आफू छानबिनमा समेत लागेको जानकारी दिए ।
सोही पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेको जिज्ञासामा सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको उनले बताए । विभिन्न दलको सहभागितामा बनेको वर्तमान सरकारमा आपसी विश्वास र समन्वय रहेको दाबीका साथ उनले सरकारमा जानका लागि कुनै दलले प्रयास गर्दैमा सरकार नढल्ने उनको दाबी थियो ।
सात वर्षसम्म सरकारको नेतृत्व गरेको जसपा नेपालतर्फ लक्षित गर्दै उनले फेरी पनि सत्तामा जान चाहनु आश्चर्य नरहेको भन्दै बलियो बहुमतका साथ रहेको आफ्नो नेतृत्वको सरकारलाई केही फरक नपर्ने जिकिर गरे ।
जनताका समस्यालाई मध्यनजर गर्दै काम गर्नका लागि आफू नेतृत्वको सरकार लागि परेको दाबीका साथ उनले विभिन्न दलको सहभागिता रहेका कारण मिलाएर लैजाने क्रममा चाहे जतिको गति प्राप्त गर्न नसकेको समेत बताए ।
प्रदेशमा रोजगारी सृजनाका लागि आफूहरुको ध्यान केन्द्रित रहेको बताउँदै उनले महिलालाई समेटेर कृषि क्षेत्रको आधुनिकीकरण र रोजगारी उपलब्ध गराउने योजना रहेको जानकारी समेत दिए । मधेश प्रदेशमा रहेको साक्षरताको न्यून अवस्थालाई उकास्न शिक्षा नीति तयारी गर्ने र सोही अनुसार अघि बढ्ने योजना समेत मुख्यमन्त्री सिंहले सुनाएका छन् ।
पत्रकार महासंघ सप्तरीका सभापति श्रवण कुमार देवको अध्यक्षतामा उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ