News Category 2081/07/24
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त

राजविराज÷जिल्ला प्रहरी कार्यालय सप्तरीले एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट ३ लाख ३१ हजार ८ सय ६१ रुँपैया जरिवाना असुल पनि गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार सार्वजनिक गरेको चालु आ.ब. २०८१÷८२ को असोज १७ देखी कात्तिक १७ सम्मको मासिक प्रगती विवरण मार्फत सो जानकारी दिएको छ ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले आफ्नो एक महिने कार्यकालको मासिक प्रगती सूचाङ्क प्रस्तुत गर्दै सामुहिक प्रयास तथा सबैको साथ र सहयोगले करिब ४ हजार फरार प्रतिवादीको सूची मध्ये ३० दिनको अवधीमा उक्त संख्याका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको बताए ।
यस्तै पक्राउ परेकाहरुलाई अदालतले तोकेको कैद सजाय अनुसार ४ वर्ष २ महिना ११ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । फरार सूचीमा रहेका फरार प्रतिवादी मध्ये कतिपयको मृत्यु भइसकेको पाइएकाले सम्बन्धीत पालिकाबाट मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरि अदालतबाट लगत कट्टा गर्ने काम समेत भइरहेको उनले जानकारी दिए ।
प्रहरीले फरार प्रतिवादीहरुको पक्राउ, अपराध नियन्त्रण, कैद र जरिवाना असुली तथा कानुनी कारवाहीमा महत्वपूर्ण सफलता प्राप्त गरेको हो ।
यस्तै एक महिनाको अवधीमा भन्सार छलेर चोरी पैठारी गरि ल्याइएका ४६ लाख ६९ हजार ६ सय ३५ रुँपैयाको विभिन्न सरसामान जफत गरि राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरी उपरिक्षक खतिवडाले बताए ।
सो क्रममा अवैध ओसारपोसारका लागि प्रयोग गरिएका ७÷७ वटा मोटरसाइकल र साइकल तथा एक÷एक वटा कार र सिटि रिक्सासहित १० जना मानिस समेतलाई पक्राउ गरि भन्सार कार्यालय चलान गरिएको उनले बताए ।
यसअघि चालु आ.ब. २०८१÷८२ कै साउनदेखी असोज १६ सम्मको अवधीमा प्रहरीले ७ जना फरार प्रतिवादी मात्र पक्राउ गरेको थियो । यस्तै सोही अवधीमा भन्सार छलेर ल्याइएका १९ लाख ६७ हजारको अवैध सरसामान मात्र भन्सार बुझाइएकोमा एक महिना यता प्रहरीले फरार सूचीमा रहेका अपराधी पक्राउ गर्न र सीमा क्षेत्रमा निगरानी कडा पारेपछी एकीकृत सुरक्षा योजना प्रभावकारी देखिएको उनको भनाई छ ।
जम्मा ८ सय ४१ जनाको थोरै जनशक्तिबाट जिल्लाको झण्डै ७÷८ लाख जनतालाई शान्ति सुरक्षाको व्यवस्था र न्यायको वातावरण तयार गर्न चुनौती रहेपनि उपलब्ध जनशक्तिबाटै यसको व्यवस्थापन गर्दै आएको उनको भनाई छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि ४० बुँदे निर्देशन जारि गरि कार्यान्वयनका लागि सम्झौता समेत गराएको भन्दै त्यसको पालना गर्दै आफूहरु अघि बढेको बताए । जिल्लामा जिल्लामा कानुनी कार्यान्वयन र अपराध नियन्त्रणमा विगतको तुलनामा महत्वपूर्ण प्रगती भएको देखाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेत तथा मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित अन्य पत्रकारहरुले पनि जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि गरिनु पर्ने थप प्रयासहरु बारे आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ