News Category 2081/07/26
उच्च अदालतले डाक्नेश्वरी नगरपालिका र प्रमुख प्रशासकीय अधिकृतसँग मागे जवाफ
दैनिक समाचारदाता
राजबिराज, २६ कात्तिक ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशले सप्तरीको डाक्नेश्वरी नगरपालिका कार्यालय तथा प्रमुख प्रशासकिय अधिकृतलाई ७ दिन भित्र सबुद प्रमाणसहित आफै वा कानुन बमोजिमको प्रतिनिधीमार्फत लिखित जवाफ लिई उपस्थित हुन आदेश जारी गरेको छ ।
सोही नगरपालिका कार्यालयमा कार्यरत कर्मचारी उमेश प्रसाद साहले डाक्नेश्वरी नगरपालिका कार्यालय र प्रमुख प्रशासकिय अधिकृतलाई विपक्षी बनाई दायर गरेको अवहेलना मुद्दाको सुनवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।
न्यायाधिश अचुतम कुमार आर्चाय र पुर्ण प्रसाद राजवंशीको संयुक्त इजलाशद्वारा जारी आदेशमा भनिएको छ – “विपक्षीलाई अदालतको अवहेलनामा कारवाही एवं सजाय हुनु पर्ने हो, होइन ? “सजाय हुनु न पर्ने कुनै आधार र कारण भए ७ दिन भित्र सबुद प्रमाण सहित आफै वा कानुन बमोजिमको प्रतिनिधीमार्फत लिखित जवाफ लिई उपस्थित हुनु ।”
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ घर भई सोही नगरपालिका कार्यालय मातहतको पातो स्वास्थ्य शाखामा अधिकृत छैठो तहमा समायोजन पदस्थापना भई कार्यरत साहले आफुलाई पूर्वाग्रही भएर २०८१ साल असोज ११ गते नगरपालिका कार्यालयले गैरकानुनी ढंगले स्वास्थ्य चौकी भुतही सरुवा गरेको भन्दै न्यायका लागी अदालतको शरणमा पुगेका थिए ।
पहिलो पटक उत्पे्रषण र परमादेशको माँग गर्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका साहको निवेदन उपर २०८१ कात्तिक ८ गते सुनवाई गर्दै न्यायाधिश बामदेव ज्ञवालीको एकल इजलाशले सरुवा सम्बन्धि निर्णय तत्काल कार्यान्वयन नगर्नु, गराउन र यथास्थितीमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षी डाक्नेश्वरी नगरपालिका कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको आदेश पछी आफु कार्यालयमा उपस्थित भई हाजिर गर्न खोज्दा नगरप्रमुख रामलखन मुखियाको आदेश भन्दै प्रमुख प्रशासकिय अधिकृत रामकिसुन यादवले हाजीर गर्न नदिएको साहको कथन छ ।
अदालतको आदेश समेतको अवज्ञा गरी आपूmलाई हाजिर गर्न नदिएपछी बाध्य भई न्यायका लागी अदालतको अवहेलनामा कारवाही गरी पाउँ भनि रिट निवदेन दायर गरेको साहले बताए । उनले गैरकानुनी ढंगले गरिएको सरुवा बदर तथा अदालतको अवहेलना गर्ने विपक्षीहरुलाई कारवाही हुनु पर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।
अदालतको अवहेलना मुदामा पछिल्लो पटक विपक्षीको नाममा ७ दिने म्याद सूचना जारी भएको र लिखित जवाफ परेपछी वा अवधी व्यतित भएछी आवश्यक न्याय कार्य सम्पादन हुने उच्च अदालत जनकपुर–राजविराज इजलाशले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ