News Category 2081/07/27
विद्यापती स्मृती पर्वमा रक्तदान
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
मैथिली साहित्य परिषद सप्तरीले मैथिली भाषाका महाकवी विद्यापतीको स्मृति दिवसमा मंगलबार रक्तदान कार्यक्रम गरेको छ ।
स्मृति दिवसको तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन रक्त संचार सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा परिषदका अध्यक्ष अवधेश झाका साथै पूर्व मन्त्रि उमेश प्रसाद यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, परिषदका सचिव इन्जिनीयर संंजिव नारायण यादव, कोषाध्यक्ष ललिता झा, मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, पत्रकार जितेन्द्र झा लगायत २१ जनाले रक्तदान गरेका छन ।
रगतको अभावले समस्या भईरहेका बेला परिषदले गरेको रक्तदान कार्यक्रमले मद्दत पु¥याउने रक्त संचार सेवा केन्द्रका इन्र्चाज नवीन झाले बताए ।
रक्तदान कार्यक्रम सके लगतै परिषदले स्थानीय मैथिली भवनमा कवि गोष्ठिको आयोजना समेत गरि स्मृति दिवसको पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको मैथिली साहित्य परिषदका अध्यक्ष झाले जानकारी दिए ।
विद्यापती स्मृति दिवसको दोश्रो दिन बुधवार मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने आवश्यक्ता विषयक विचार गोष्ठि तथा तेश्रो दिन विहीवार मिथिला संस्कृति झल्काउने झाँकी, श्रद्धान्जली सभा, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने तय भएको अध्यक्ष झाले जानकारी दिए ।
मिथिला र मैथिलीको प्रतिक महाकविद्यापतीको स्मृति एवं सम्मानमा आयोजना भईरहेको तीन दिवसीय पर्व समाहरोलाइ भब्य र सभ्यरुपमा सम्पन्न गर्न भगिनी संस्था मैथिलि युवा परिषद, मैथिली विद्यार्थी परिषद, मैथिली महिला परिषद र मैथिलि पत्रकार समेतको सहयोग र सहभागिता रहेको मुल आयोजक मैथिली साहित्य परिषद सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ