News Category 2081/07/27
चोरी पैठारीका सामान बरामद

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
प्रहरीले भारतीय सीमावर्ती बजारबाट चोरी पैठारी गरी ल्याइएका २ लाख ५० हजार भन्दा बढीका मालसमानसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
मंगलवार विहान राजविराज नगरपालिका वडा नं १२ स्थित झल्ही नहर सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले भन्सार छली ल्याइएका १ लाख ६६ हजार ५ सय रुपैया बराबरको रेडिमेड कपडा (जर्सी) ३ सय ३३ थान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार बोरामा राखेर ल्याउँदै गरेका तस्करहरु प्रहरी देख्नासाथ बोरा फालेर भागेका थिए ।
प्रहरीको अर्काे टोलीले राजविराज नगरपालिका ६ स्थित राममन्दिर चोकमा चेकजाँचको क्रममा भारतबाट भन्सार छली ल्याएको १ लाख १ हजार ९ सय १० रुपैया मूल्य बराबरको चिनी, विस्कुट, बटर लगायतका सामग्री बरामद गरेको समेत उनले जानकारी दिए ।
नम्बर नखुलेको मोटरसाईकलमा राखेर ल्याउदै गर्दा चेकजाँचमा प्रहरी खटेको देखेपछी समान सहित मोटरसाईकल छाडेर तस्करहरु भागेको प्रहरी नायब उपरिक्षक वस्नेतको भनाई छ । बरामद समान र मोटरसाइकल राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ