News Category 2081/07/27
चोरी पैठारीका सामान बरामद
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
प्रहरीले भारतीय सीमावर्ती बजारबाट चोरी पैठारी गरी ल्याइएका २ लाख ५० हजार भन्दा बढीका मालसमानसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
मंगलवार विहान राजविराज नगरपालिका वडा नं १२ स्थित झल्ही नहर सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले भन्सार छली ल्याइएका १ लाख ६६ हजार ५ सय रुपैया बराबरको रेडिमेड कपडा (जर्सी) ३ सय ३३ थान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार बोरामा राखेर ल्याउँदै गरेका तस्करहरु प्रहरी देख्नासाथ बोरा फालेर भागेका थिए ।
प्रहरीको अर्काे टोलीले राजविराज नगरपालिका ६ स्थित राममन्दिर चोकमा चेकजाँचको क्रममा भारतबाट भन्सार छली ल्याएको १ लाख १ हजार ९ सय १० रुपैया मूल्य बराबरको चिनी, विस्कुट, बटर लगायतका सामग्री बरामद गरेको समेत उनले जानकारी दिए ।
नम्बर नखुलेको मोटरसाईकलमा राखेर ल्याउदै गर्दा चेकजाँचमा प्रहरी खटेको देखेपछी समान सहित मोटरसाईकल छाडेर तस्करहरु भागेको प्रहरी नायब उपरिक्षक वस्नेतको भनाई छ । बरामद समान र मोटरसाइकल राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ