News Category 2081/07/28
छिन्नमस्ता वडा नं. ४ बालविवाह मुक्त वडा घोषणा

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लाई बुधबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य एवं पूर्व कृषिमन्त्री गोबिन्द न्यौपानेले बालविवाह मुक्त वडा लेखीएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरे ।
बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, सामाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दै यसलाई रोक्न सबैले आ–आफ्नो टोल र समुदायमा सक्रिय रहनु पर्नेमा उनले जोड दिए ।
सेभ द सप्तरीका अध्यक्ष ध्ुब देवले बालविवाह मुक्त वडाको रुपमा पहिचान बनाउन सफल भएकोमा वडावासीलाई बधाई दिँदै यसलाई कायम राख्न सबै पक्षको सहयोग र सक्रियता उत्तिकै अपरिहार्य रहेको बताए ।
सेभ द सप्तरीका परियोजना संयोजक विष्णुकान्त देवका अनुसार उक्त वडामा बसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधि, अगुवा, पुरोहित, मौलाना, मायनजन लगायतले वडामा बालविवाह हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् । नेपालको कानुनले विवाह गर्ने उपयुक्त उमेर २० वर्षलाई तोकेको छ ।
बालविवाह मुक्त वडा घोषणा गर्न सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, गाउँपालिका र वडा कार्यालयद्वारा बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०८० बमोजिम गरिएका विभिन्न कार्यक्रम, अभियान र प्रयास पश्चात् १२ बुँदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैकै आधारमा यस्तो घोषणा गरिएको वडाअध्यक्ष सुर्यनारायण यादवले बताए ।
सोही कार्यक्रममा अभिभावकले सन्तानको उमेर नपुगि बालविवाह नगर्ने, नगराउने, कतै भए भोजभतेरमा सामेल नहुने, अवरोध पु¥याउने प्रतिवद्धता समेत जनाएका छन् ।
कार्यक्रममा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, सल्लाहकार तेजनारायण यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत मुकेशकुमार मण्डल लगायत विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ