News Category 2081/07/29
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
वीमा योजनालाई गाउँ÷गाउँमा पु¥याउने र थोरै आय भएका ब्यक्तीलाई पनि वीमामा जोड्ने लगायतका विषयमा बिहीबार अन्तरक्रिया गरिएको छ ।
नेपाल वीमा प्राधिकरण मधेश प्रदेशको आयोजनामा पत्रकारहरुसँग आयोजित अन्तरक्रियामा कार्यालका प्रमुख प्रिती देवले थोरै आय भएका ब्यक्तीहरुलाई पनि वीमामा कसरी सहभागी गराउन सकिन्छ भन्ने सोचका साथ प्राधिकरणले काम गरिरहेको बताइन् ।
उनले नयाँ वीमा नियमावली आउने क्रममा रहेको बताउँदै उक्त नियमावली नआउन्जेलसम्म वीमा सम्बन्धि नियमावली २०४९ अनुसार नै काम गरिने बताईन ।
वीमाले अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न समेत सहज हुने बताउँदै यसका लागि सचेतना फैलाउने उदेश्यले पनि यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन् ।
प्राधिकरणले वीमा कम्पनीहरुलाई नियमको परिधी भित्र रहेर काम गरे÷नगरेको अनुगमन गर्ने समेत अधिकार राख्ने बताउदै उनले पद्धती मिचेर काम गर्ने विमा कम्पनीहरुलाइ कारवाही पनि गर्न सक्ने उल्लेख गरिन ।
वीमा सबैका लागी अत्यावश्यक रहेको दाबीका साथ उनले बिमा गर्दा कम्पनीको बैद्यता रहे÷नरहेको, प्राधिकरणमा दर्ता भए÷नभएको लगायतका विषयमा पूर्ण जानकारी लिएर मात्र वीमा गराउन उनले आग्रह गरिन ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्राधिकरणको मधेश प्रदेश कार्यालयका सहायक निर्देशक रोमिला शर्माले पनि सञ्चारकर्मीहरुको विभिन्न जिज्ञासाको जवाफ दिएकी थिइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ