News Category 2081/07/29
परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन
_c00.jpeg)
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
विद्यापती स्मृती पर्व अन्तरगत अन्तिम दिन बिहीबार परम्परागत सामग्रीसहित झाँकी प्रदर्शन गरिएको छ ।
मैथिली भाषा साहित्यका विद्यापतीको स्मृतीमा तीन दिवसीय कार्यक्रम अन्र्तगत बिहिवार राजविराजमा झाँकी प्रर्दशन गरिएको हो ।
स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाट मैथिली भाषा, साहित्य, संस्कृति र महाकवि विद्यापतीको महत्व झल्कने झाँकीका साथ प्रर्दशन गर्दै नगर परिक्रमा गरिएको थियो ।
बाजागाजासहित निस्केको झाँकीका क्रममा मिथिला क्षेत्रमा लोप हुन लागेको ढोल, पिपही, काठे हलो, जुवा, घोड सवारी, गोरुगाडा, कोसेली लैजाने प्रयोग गरिने बाँसको भार लगायतको समेत प्रर्दशन गरिएको थियो ।
मैथिली साहित्य परिषद सप्तरीको अगुवाईमा गरिएको झाँकी प्रर्दशन कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, निर्माण व्यवसायी संघ, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यार्थी, पत्रकार लगायत सर्वसाधारण समेत सहभागी थिए ।
नगर परिक्रममा पश्चात् झँकी जिल्ला समन्वय समितीको सभाकक्षमा पुगी श्रद्धाञ्जली सभा, सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा परिणत भएको थियो ।
मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजित सभामा जिल्ला सम्वय समितिका प्रमुख शिव नाराण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मैथिली साहित्य परिषदका पुर्व अध्यक्षद्वय विष्णु मण्डल, अशोक कुमार झा लगायतले मैथिली भाषा, सहित्य र संस्कृतिको जर्गेनाका लागी आ–आफ्नो सुझाव दिएका थिए ।
यस अघि तीन दिवसीय स्मृति पर्व समारोह अन्तर्गत पहिलो दिन मंगलवार मैथिली युवा परिषदद्वारा रक्तदान र मैथिली विद्यार्थी परिषदद्वारा कवि गोष्ठी तथा दोश्रो दिन बुधवार मैथिली पत्रकार परिषदद्वारा सरकारी कामकाजका भाषा मैथिली किन ? विषयक विचार गोष्ठिको आयोजना गरिएको थियो ।
मैथिली मुलुक कै दोश्रो सबैभन्दा बढी बोलिने भाषा हो । मधेश प्रदेशमा झण्डै ४१ प्रतिशत नागरिककको मातृ भाषा मैथिली रहेको परिषदले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका केदार र उमेश मैदानमा
- 2082/04/17 दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ