News Category 2081/08/01
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह

राजविराज÷आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देश कंगाल, नेताहरु मालामाल बन्दै गएको आरोप लगाएका छन् ।
मधेश प्रदेशको सप्तरी सदरमुकाम राजविराजबाट सो पार्टीले शनिबारदेखी “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियानलाई शुभारम्भ गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष साहले सरकार कुम्भकरण जस्तै सुतिरहेकाले आमजनताको समस्या बारे जानकारी र खबरदारी गर्न विशेष अििभयान स्वरुप मधेशमा “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियान थालिएको बताए ।
“मुलुकमा भ्रष्टाचार, कुशासन, मंहगी, अनियमितता बढ्दे गइरहेको छ, उनले भने, यही बेला सोझासाझा जनतामाथी अनावश्यक र थेग्ने नै नसक्ने गरि कर माथी कर थुपार्दै सरकारले राज्यको ढुकुटी लुटिरहेको छ ।”
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, मंहगी, बेरोजगारी, बैदेशिक रोजगारी ठगी, भन्सारमा मनोमानी कर लगायतको विषयमा खबरदारी गर्न सो अभियान थालेको उनको भनाई छ ।
जनतामाथी करको भार लादेर मंहगी चरम रुपमा बढेको, नेताहरु मोटाउँदै गएको र देश कंगाल अवस्थामा पुग्न लागेको उनले बताए । सबैभन्दा बढी राजश्व बुझाउने मधेश प्रदेशलाई केन्द्रबाट दिइने बजेट पनि अति न्युन मात्रामा दिएर विभेद गरिएको उनको भनाई थियो । भ्रष्टाचार बिरुद्धका कार्यक्रम लिएर जनता समक्ष जाँदा पनि आफूलाई चेकजाचको बहानामा सिरहाको लहानमा प्रहरीले घण्टौं रोकेर अनावश्यक दुःख दिएको समेत उनले गुनासो पोखे ।
कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, केन्द्रिय नेता सुनिता साह, दिलिप साह, मो. इस्लाम लगायतले पनि देशको वर्तमान अवस्थामा र आजपाको अभियान बारे बोलेका थिए ।
सप्तरीको राजविराजबाट सुरु भएको भ्रष्टाचार बिरुद्धको मधेश यात्रा विशेष गरि हुलाकी राजमार्गबाट सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा हुँदै पर्साको बिरगंजमा पुगेर समापन हुने सो अवसरमा वरिष्ठ उपाध्यक्ष साहले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने अभियानका क्रममा विभिन्न स्थानमा भेला, बैठक, खबरदारी सभा र अन्तरक्रिया लगायतका कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ