News Category 2081/08/02
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३८ वटा स्थानमा आइतबार उम्मेदवारी दर्ता भएको छ । सप्तरीमा भने दुई स्थानमा वडा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि आइतबार उम्मेदवारी दर्ता भएको हो । वडा नं. १ मा २ स्वतन्त्र गरी ९ तथा वडा नं. ४ मा ८ जनाको उम्मेदवारी परेको छ ।
दुबै वडामा वडा अध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन गइरहेको छ । उपनिर्वाचन हुन लागेको ती दुबै वडामा काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसबाट वडा नं. १ मा भुलियादेवी थरुनी र वडा नं. ४ बाट जोगिन्द्र रायको उम्मेदवारी परेको छ । भुलियादेवी निधन भएका वडा अध्यक्ष प्रितमलाल चौधरीका पत्नी हुन् ।
यस्तै नेकपा एमालेबाट वडा नं. १ मा भगवानी साह र वडा नं. ४ मा संजय कुमार यादवको उम्मेदवारी परेको छ । जसपा नेपालबाट वडा १ मा धिरेन्द्र साह र वडा नं. ४ मा देवेन्द्र प्रसाद यादवको उम्मेदवारी परेको छ ।
यस्तै जनमत पार्टीबाट वडा नं १ मा शैलेन्द्र कुमार साह र वडा नं. ४ मा उदयनारायण पण्डितको उम्मेदवारी परेको छ । यसैगरि माओवादी केन्द्रबाट वडा नं. १ मा प्रमोद कुमार सन्त र वडा नं. ४ मा भागवत रामको उम्मेदवारी परेको छ ।
यसैगरि वडा नं. १ मा स्वतन्त्रबाट शुसिल साह र सियाकान्त चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिश कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट अनरुद्ध प्रसाद चौधरीको उम्मेवारी परेको छ ।
यस्तै वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीबाट शिवकुमार राम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामकुमार यादव र जसपा (अशोक राई) बाट रबिन्द्र रायको उम्मेदवारी परेको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।
उपनिर्वाचन कार्यतालिका अनुसार मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ