News Category 2081/08/03
१७ मध्ये एकमात्र महिला उम्मेदवार
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएसंगै सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा चुनावी गतिविधी बढेको छ ।
उक्त पालिकाको १ र ४ गरी दूई वडामा वडाअध्यक्ष पदका लागी उपनिर्वाचन हुदैछ । निर्वाचन हुने ती दुबै पदमा यसअघि काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरिप्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ ।
यसअघि ती दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम राख्न र निरन्तरता दिन काँग्रेसमाथी चर्काे दबाव छ । काँग्रेसले वडा नं. १ बाट भुलियादेवी थरुनी र ४ बाट जोगेन्द्र रायलाई उम्मेदवार बनाएको छ । भुलिया देवी निधन भएका श्रीमान र यस अघिका वडाअध्यक्ष प्रितमलाल चौधरीका श्रीमती हुन ।
उनी एकमात्र महिला उम्मेदवार हुन । जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार आईतवार तोकिएको समय भित्र भएको मनोनयन दर्ता गर्ने १७ मध्ये नेपाली काँग्रेसकी भुलिया देवी चौधरी उम्मेदवारी दर्ता गराउने एक मात्र महिला हुन ।
जनमत पार्टीले यहाँबाट वडा नं. १ मा शैलेन्द्र कुमार साह र ४ नंं. वडामा उदय नारायण पण्डितलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले वडा नंं १ बाट भगवानी साह र ४ बाट संजय कुमार यादवलाई उम्मेदवार बनाउँदा नेकपा (माओवादी केन्द) ले वडा नं.१ बाट प्रमोद कुमार सन्त र ४ बाट भागवत रामलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१ बाट शतिष कुमार चौधरी थारु र ४ बाट राम कुमार यादवलाई उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्ती पार्टीले वडा नं.१ बाट अनरुद्ध प्रसाद चौधरी र ४ बाट शिव कुमार रामलाई उम्मेदवार बनाएको छ । यहाँ जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वमा बनेको जसपाले पनि उम्मेदवार खडा गरे पछी चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
यहाँ जसपाले वडा नं.बाट कसैलाई उम्मेदवार नबनाएपनि ४ बाट भने रवीन्द्र यादवलाई चुनावी मैदानमा उतारेको छ । जस कारण जसपा नेपालको उम्मेदवारलाई चिन्ता बढाएको छ । यहाँ २ स्वतन्त्र सुशिला साह र सियाकान्त चौधरीले पनि उम्मेदवारी दिएका छन ।
यसरी दुई पदका लागी हुने निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । आफ्ना् प्रतिनिधी छान्ने पाँच वर्षमा दोश्रो पटक अवसर पाउँदा मतदाता पनि उत्साहित छन । अहिले उनीहरु कसलाई मत दिने भन्ने सोच बनाइरहेको बताउने गरेका छन ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा नं. ४ मा १ हजार दुई सय ८१ मतदाता छन् । मतदानका लागि तीन मतदानस्थल र पाँच मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ