News Category 2081/08/03
१७ मध्ये एकमात्र महिला उम्मेदवार

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएसंगै सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा चुनावी गतिविधी बढेको छ ।
उक्त पालिकाको १ र ४ गरी दूई वडामा वडाअध्यक्ष पदका लागी उपनिर्वाचन हुदैछ । निर्वाचन हुने ती दुबै पदमा यसअघि काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरिप्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ ।
यसअघि ती दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम राख्न र निरन्तरता दिन काँग्रेसमाथी चर्काे दबाव छ । काँग्रेसले वडा नं. १ बाट भुलियादेवी थरुनी र ४ बाट जोगेन्द्र रायलाई उम्मेदवार बनाएको छ । भुलिया देवी निधन भएका श्रीमान र यस अघिका वडाअध्यक्ष प्रितमलाल चौधरीका श्रीमती हुन ।
उनी एकमात्र महिला उम्मेदवार हुन । जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार आईतवार तोकिएको समय भित्र भएको मनोनयन दर्ता गर्ने १७ मध्ये नेपाली काँग्रेसकी भुलिया देवी चौधरी उम्मेदवारी दर्ता गराउने एक मात्र महिला हुन ।
जनमत पार्टीले यहाँबाट वडा नं. १ मा शैलेन्द्र कुमार साह र ४ नंं. वडामा उदय नारायण पण्डितलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले वडा नंं १ बाट भगवानी साह र ४ बाट संजय कुमार यादवलाई उम्मेदवार बनाउँदा नेकपा (माओवादी केन्द) ले वडा नं.१ बाट प्रमोद कुमार सन्त र ४ बाट भागवत रामलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१ बाट शतिष कुमार चौधरी थारु र ४ बाट राम कुमार यादवलाई उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्ती पार्टीले वडा नं.१ बाट अनरुद्ध प्रसाद चौधरी र ४ बाट शिव कुमार रामलाई उम्मेदवार बनाएको छ । यहाँ जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वमा बनेको जसपाले पनि उम्मेदवार खडा गरे पछी चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
यहाँ जसपाले वडा नं.बाट कसैलाई उम्मेदवार नबनाएपनि ४ बाट भने रवीन्द्र यादवलाई चुनावी मैदानमा उतारेको छ । जस कारण जसपा नेपालको उम्मेदवारलाई चिन्ता बढाएको छ । यहाँ २ स्वतन्त्र सुशिला साह र सियाकान्त चौधरीले पनि उम्मेदवारी दिएका छन ।
यसरी दुई पदका लागी हुने निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । आफ्ना् प्रतिनिधी छान्ने पाँच वर्षमा दोश्रो पटक अवसर पाउँदा मतदाता पनि उत्साहित छन । अहिले उनीहरु कसलाई मत दिने भन्ने सोच बनाइरहेको बताउने गरेका छन ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा नं. ४ मा १ हजार दुई सय ८१ मतदाता छन् । मतदानका लागि तीन मतदानस्थल र पाँच मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ