News Category 2081/08/03
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
राजविराज कारागारमा बन्दी जिवन बिताइरहेकी एक महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि भएको छ ।
सप्तरी जिल्ला अदालतले कारागारका कर्मचारी राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध आइतबार पक्राउ पुर्जी जारि गरेको हो ।
विगत १७ वर्षदेखी करार सेवामा कार्यरत ३० वर्षिय यादव राजविराज कारागारका कार्यालय सहयोगि हुन् । यादवविरुद्ध पक्राउ पूर्जी जारि भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए ।
पीडित भनिएकी महिलाले ८ महिना अघि कार्यालय सहयोगि यादवले कारागारको प्रशासनिक कक्ष नजिकैको बिजुली घरमा लगेर बलात्कार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन् । ती महिला हाल उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगि चन्दनले बिजुली घरमा लगेर डर, त्रास र धम्की दिँदै बलात्कार गरेको जाहेरीमा उल्लेख छ । सो जोहरी जिल्ला प्रहरी कार्यालय उदयपुरहुँदै जिल्ला प्रहरी कार्यालय सप्तरी आइपुगेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पीडित भनिएकी महिला २०७६ साउन १६ देखी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा बन्दी जिवन बिताइरहेकी छिन् । यादव बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनको खोजि कार्य थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
आरोपी चन्दनले भने ती महिलाले लगाएको आरोप असत्य रहेको दाबीका साथ आफू बिरुद्ध पक्राउ पूर्जी जारी भएकाले एक दुई दिनभित्रै अदालतमा उपस्थित भई आफ्नो पक्ष राख्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ