News Category 2081/08/04
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
पहाडी क्षेत्रबाट टिपरमा लोड गरि सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजादै गरिएको ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त गाजाको बरामद बारे जानकारी दिएको हो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं. ४ बेल्हीचपेनास्थित शनि मन्दिर अगाडीबाट सोमबार राती प्रहरीले चेकजाच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पत्थरगाढाबाट झुटकी जाँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा को१.ख.६५०३ नम्बरको टिपरमा ढुंगा र बालुवाले छोपेर ५६ वटा बोरामा लुकाई राखिएको गाजा बरामद गरेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
गाजासहित प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका निवासी ३३ वर्षिय टिपर चालक यमजित राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । श्रोतका अनुसार नेपालको पहाडी भू–भागमा गाजाको उत्पादन गरि तराईको बाटो हुँदै भारतको विभिन्न स्थानमा तस्करी गरि पु¥याइने गरिन्छ । यसका लागि भारतसँग जोडिएको मधेशको विभिन्न जिल्लाबाट रातीको समयमा विभिन्न माध्यमबाट गाजाको तस्करी हुने गर्छ । एक वर्ष अघि मात्र यस्तै माध्यमबाट झण्डै ८ सय किलो गाजा जिल्लाको कल्याणपुर सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ