News Category 2081/08/05
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका दुई जना उम्मेदवारले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिने दुबै स्वतन्त्र उम्मेदवार थिए । निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ बाट सियाकान्त चौधरी र वडा नं. ४ बाट रामकुमार यादव छन् ।
दुई जनाले उम्मेदवारी फिर्ता लिएपछी मंसिर १६ गते हुने उपनिर्वाचनमा अब दुबै वडाका गरि १५ जनाको मात्र उम्मेदवारी कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारी कायम राख्न इच्छुक नभएको भन्दै दुबै जनाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा (१) बमोजिम आवेदन गरी उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।
यसैबीच बुधबार नै वडा नं. १ बाट उम्मेदवारी फिर्ता लिएका सियाकान्त चौधरीले एक प्रेस विज्ञप्तिमार्फत आफू काँग्रेसका उम्मेदवार भुलिया देवी थरुनीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ