News Category 2081/08/05
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय बरहीमा कार्यरत शिक्षक सुकदेव यादवले मंगलबार राती विद्यालयबाट हाजिरी रजिष्टर गायब पारेको घटना बाहिरिएको छ ।
प्रहरीका अनुसार रातीको समयमा डियुटीमा रहेका विद्यालयका कार्यालय सहयोगि बिरेन्द्र कर्णबाट प्रशासनिक कक्षको साँचो मागेर कोठाबाट हाजिरी रजिष्टर लिएर शिक्षक यादव हिडेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले रजिष्टर गायब पारिएको सम्बन्धमा छानबिन गर्ने क्रममा कार्यालय सहयोगि कर्णलाई नियन्त्रणमा लिएपछी सो खुलासा भएको हो ।
प्रहरीको बयान पश्चात् कार्यालय सहयोगि कर्णलाई बुधबार पालिकाको शिक्षा शाखा प्रमुख सन्तोष रायको जिम्मा लगाई थप अनुसन्धान थालिएको उनको भनाई छ ।
छिन्नमस्ता गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष ललन कुमा यादवले उक्त विद्यालयका शिक्षक सुकदेव यादव नियमित विद्यालय नआउने तथा उनी नआएको दिनको पनि कहिले आफै त कहिले शिक्षक साथी मार्फत रजिष्टरमा एकमुष्ट हाजिर गर्ने गरेको कुरा बाहिरिएपछी विद्यालयबाट रजिष्टर नै गायब पारिएको बताए ।
यसबारे पालिकाले पनि आफ्नो स्तरबाट छानबिन थालिएको उनको भनाई ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ