News Category 2081/08/05
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई मोबाइल लैजान निषेध गरिएको छ भने शिक्षक पूर्व जानकारी बिना अनुपस्थित भए तलब भत्ता कट्टा गरिने सम्मको विभिन्न ८ बुँदे निर्णय गरिएको छ ।
पालिकाको शैक्षिकस्तर उकास्न तथा शैक्षिक अवस्थामा सुधारका लागी गाउँपालिकाले विभिन्न आठ बुंदे निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिएका छन् ।
यस्तै तोकिएको समयमा विद्यालयमा उपस्थित भई निर्धारित समयसम्म बस्नु पर्ने, आफुले पढाउने विषयको पाठ योजना निर्माण गरी आउनु पर्ने, तोकिएको जिम्मेवारी समयमा पुरा गर्नू पर्ने लगायतका आठ बुदे निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत सन्त कुमार मण्डलले बताए ।
उक्त निर्णय कार्यान्वयन गर्ने÷गराउने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्पmत मातहतका सबै विद्यालयमा परिपत्र गरिसकेको उनको भनाई छ ।
शैक्षिक अवस्था सुधारका लागी गरिएको यस्तो निर्णय प्रभावकारी ढंगले कार्यान्वयन भए÷नभएको बुझ्न समय समयमा छड्के अनुगमन समेत गरिने पालिकाका अध्यक्ष यादवले बताए ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वसनिय बनाउन यस्तो योजना ल्याइएको सो पालिकाले जनाएको छ । उक्त पालिका भित्र ५ मावि र १३ आधारभुत विद्यालय रहेका छन । जसमा १ सय ७५ शिक्षक समेत गरी २ सय जना कर्मचारी कार्यरत छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ