News Category 2081/08/06
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
भारतबाट तस्करी गरि नेपाल ल्याउँदै गरेको कपडा लगायतका सामान प्रहरीले बिहीबार बरामद गरेको छ ।
पैदल गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहा सडकखण्ड क्षेत्रबाट चेकजाँचको क्रममा गलैचा, तन्ना र सिरकका खोल लगायतको सरसामान बरामद गरेको हो ।
साइकलमा लोड गरेर ल्याउँदै गरेका ब्यक्ति भने उक्त सामान प्रहरी देख्ना साथ सडकमै छाडेर भागेको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
बरामद सामान र साइकलको मुल्याङ्कन पश्चात् आवश्यक कानुनी प्रक्रियाका लागि राजविराज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरी पैठारी नियन्त्रण गर्न विशेष अभियान नै चलाएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जनाए ।
पछिल्लो ३७ दिनको अवधीमा प्रहरीले भन्सार छलेर चोरी पैठारी गरि ल्याइएका ४७ लाख ६ हजार ५ सय मुल्य बराबरको विभिन्न सरसामान जफत गरी राजविराज भन्सार ककार्यालय चलान गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
केही समययता प्रहरीले भारतीय सीमावर्ती क्षेत्रमा निगरानी कडा पारेपछी चोरी पैठारी गरि ल्याइएका विभिन्न मालसामान दिनहुँजसो बरामद हुने क्रम बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ