News Category 2081/08/06
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
वित्तिय संस्थाको कार्यालयमा आगो लगाई दिने अभिव्यक्ति सामाजिक संजालमा पोष्ट गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको खडक नगरपालिका ५ खरचुहिया निवासी ४६ वर्षिय उमेश भगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जीवन विकास लघुवित्त बित्तीय संस्था लि. शाखा कार्यालय कठौना शम्भुनाथ सप्तरीका प्रमुख सम्झना कुमारी पौदारले मंसिर २ गते शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष दिएको निवेदनको आधारमा भगत पक्राउ परेका हुन् ।
प्रमुख पौदारद्वारा दिइएको निवेदनमा “जीवन विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कठौनामा शाखाले प्रवाह गरेको ऋणको नियमित असुली भइरहेको क्रममा अन्यायी उमेश भगतले ऋणीहरुबाट कसैसँग ५ हजार, कसैसँग १० हजार, कसैसँग १५ हजार रुँपैया असुली गरी सो ऋण चुक्ता गर्नु पर्दैन भन्दै अफवाह फैलाई ऋणीहरुलाई आफ्नो तर्फबाट परिचयपत्र बाँड्दै हिडेको अवस्था” उल्लेख गरिएको छ ।
सोही निवेदनमा “उमेश भगतले २०८१ कात्तिक ३० गते आफ्नो फ्सबुकमा पोष्ट मार्फत जीवन विकास लघुवित्त बित्तीय संस्था लि. शाखा कार्यालय कठौना र सोको सिइयो र कर्मचारीलाई आरोपित गरी २०८१ मंसिर ३ गते शाखा कार्यालयमा आगो लगाइदिने र कर्मचारीलाई प्रहरी कार्यालयमा बुझाउने कार्यक्रम जारी गरेका छन् ।”
पक्राउ परेका भगत हाल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको र उनीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ