News Category 2081/08/09
निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारोन्नमुख देखिएको छ ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले निरन्तर विद्यालयहरुको अनुगमन तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिएपछि विद्यालयको शैक्षिक गुणस्त सुधारोन्नमुख देखिएको हो ।
अनुगमनकै क्रममा आईतवार अध्यक्ष यादवले गाउँपालिकास्थित मावि खुरुहुरिया र मावि कनकट्टाको अनुगमन गर्दा पहिलाको भन्दा अहिले शिक्षामा केही सुधार आएको बताए ।
पहिलाको भन्दा अहिले विद्यार्थीको सिकाई उपलब्धीमा प्रगती देखिएको र शिक्षकहरु पनि समयमा विद्यालय आएर पठनपाठनमा लगनशीलता देखाएको उनले प्रतिक्रिया दिए । ‘मावि कनकट्टामा कम्प्युटर थन्केको अवस्थामा थियो, कक्षाकोठा व्यवस्थित गरेर कम्प्युटर विषयको शिक्षक भर्ना गरि अहिले विद्यार्थीहरु कम्प्युटर चलाउन थालेका छन्’ उनले भने ।
विद्यालयहरुमा शैक्षिक सुधार ल्याउन गाउँपालिकाले यसअघि नै कक्षामा मोवाईल निषेध सहितको ८ बुँदे निर्णय गर्दै अनुगमन कार्यलाई निरन्तरता दिएपछि पठनपाठनमा केही सुधार भएको अध्यक्ष यादवले जानकारी दिए ।
गाउँपालिका भित्र ५ मावि र १३ आधारभुत गरि १८ विद्यालय रहेका छन् । सबै विद्यालयमा अनुगमन टोली पुग्दा शिक्षक र विद्यार्थीको उपस्थिती उत्साहजनक देखिन थालेको उनको भनाई छ ।
‘आइतबार जनता मावि खुरहुरिया र कनकट्टा माविको अनुगमन गरेका हुँ, दुबै विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थिति तथा पठनपाठन सन्तोषजनक पाईएको छ’ गाउँपालिका अध्यक्ष यादवले भने ।
गाउँपालिकाबाट निरन्तर अनुगमन टोली विद्यालय पुग्न थालेपछि शिक्षक र विद्यार्थीको नियमित उपस्थिति तथा शैक्षिक अवस्थामा सुधार आएको स्थानीय अभिभावक रुपेश प्रसाद यादवले बताए ।
गाउँपालिका अध्यक्ष यादवले मातहतका सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वश्नीय बनाउन ८ बुँदे निर्णय गरिएको र सो निर्णय कडाईका साथ लागु गरिएको बताए । पालिकाले जारी गरेको ८ बुन्दै निर्णयमा कक्षा कोठाभित्र मोवाइल निषेध, नियमित आउने शिक्षक र विद्यार्थीलाई प्रोत्साहन, पूर्व जानकारी बिना अनुपस्थित रहने शिक्षकको तलब भत्ता कटौती र शिक्षकलाई आफूले पढाउने विषयको अनिवार्य रुपमा पाँच योजना बनाएर आउनु पर्ने लगायतका रहेको छ ।
पालिका निर्णय पालना भए नभएको बुझ्न टोलीद्वारा छड्के अनुगमन हुन थालेपछि विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ्नुका साथै पठन पाठनमा सुधार हुन थालेको अनुगमन टोलीमा सहभागि प्रमुख प्रशासकीय अधिकृत सन्त कुमार मण्डलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ