News Category 2081/08/09
निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारोन्नमुख देखिएको छ ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले निरन्तर विद्यालयहरुको अनुगमन तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिएपछि विद्यालयको शैक्षिक गुणस्त सुधारोन्नमुख देखिएको हो ।
अनुगमनकै क्रममा आईतवार अध्यक्ष यादवले गाउँपालिकास्थित मावि खुरुहुरिया र मावि कनकट्टाको अनुगमन गर्दा पहिलाको भन्दा अहिले शिक्षामा केही सुधार आएको बताए ।
पहिलाको भन्दा अहिले विद्यार्थीको सिकाई उपलब्धीमा प्रगती देखिएको र शिक्षकहरु पनि समयमा विद्यालय आएर पठनपाठनमा लगनशीलता देखाएको उनले प्रतिक्रिया दिए । ‘मावि कनकट्टामा कम्प्युटर थन्केको अवस्थामा थियो, कक्षाकोठा व्यवस्थित गरेर कम्प्युटर विषयको शिक्षक भर्ना गरि अहिले विद्यार्थीहरु कम्प्युटर चलाउन थालेका छन्’ उनले भने ।
विद्यालयहरुमा शैक्षिक सुधार ल्याउन गाउँपालिकाले यसअघि नै कक्षामा मोवाईल निषेध सहितको ८ बुँदे निर्णय गर्दै अनुगमन कार्यलाई निरन्तरता दिएपछि पठनपाठनमा केही सुधार भएको अध्यक्ष यादवले जानकारी दिए ।
गाउँपालिका भित्र ५ मावि र १३ आधारभुत गरि १८ विद्यालय रहेका छन् । सबै विद्यालयमा अनुगमन टोली पुग्दा शिक्षक र विद्यार्थीको उपस्थिती उत्साहजनक देखिन थालेको उनको भनाई छ ।
‘आइतबार जनता मावि खुरहुरिया र कनकट्टा माविको अनुगमन गरेका हुँ, दुबै विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थिति तथा पठनपाठन सन्तोषजनक पाईएको छ’ गाउँपालिका अध्यक्ष यादवले भने ।
गाउँपालिकाबाट निरन्तर अनुगमन टोली विद्यालय पुग्न थालेपछि शिक्षक र विद्यार्थीको नियमित उपस्थिति तथा शैक्षिक अवस्थामा सुधार आएको स्थानीय अभिभावक रुपेश प्रसाद यादवले बताए ।
गाउँपालिका अध्यक्ष यादवले मातहतका सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वश्नीय बनाउन ८ बुँदे निर्णय गरिएको र सो निर्णय कडाईका साथ लागु गरिएको बताए । पालिकाले जारी गरेको ८ बुन्दै निर्णयमा कक्षा कोठाभित्र मोवाइल निषेध, नियमित आउने शिक्षक र विद्यार्थीलाई प्रोत्साहन, पूर्व जानकारी बिना अनुपस्थित रहने शिक्षकको तलब भत्ता कटौती र शिक्षकलाई आफूले पढाउने विषयको अनिवार्य रुपमा पाँच योजना बनाएर आउनु पर्ने लगायतका रहेको छ ।
पालिका निर्णय पालना भए नभएको बुझ्न टोलीद्वारा छड्के अनुगमन हुन थालेपछि विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ्नुका साथै पठन पाठनमा सुधार हुन थालेको अनुगमन टोलीमा सहभागि प्रमुख प्रशासकीय अधिकृत सन्त कुमार मण्डलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ