News Category 2081/08/10
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
“हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता” नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सोमबारदेखी सुरु भएको छ । लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियान स्वरुप सुरु भएको अभियान मंसिर २५ गतेसम्म चल्ने छ ।
अभियानको पहिलो दिन राजविराजमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सबल नेपाल, सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, सशस्त्र प्रहरी बल नेपाल नंं ६ गण हेडक्वाटर सप्तरी, युनाइटेड डेभलपमेन्ट नेपाल, सामुदायिक सेवा मञ्च, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लगायतका संघ संस्थाको अगुवाईमा प्रभातफेरी र सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ ।
जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्केको प्रभातफेरी र ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालगायतले सम्बोधन गर्दै यो अभियान सबैको साझा अभियान भएकाले सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका थिए ।
अभियान अन्तरगत लैङ्गिक हिंसा न्यूनिकरणका लागि आम नागरिकमा सचेतना अभिबृद्धि गर्न विभिन्न संघ संस्थासँग सहकार्य गरी सचेतनामूलक कार्यक्रमहरु गरिने जनाइएको छ । लैङ्गिक हिंसा सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमका साथै न्युनिकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष महिला हिंसा बिरुद्धको १६ दिने अभियान मुलुकभर नै संचालन हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ