News Category 2081/08/11
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु
दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम राजविराज मंगलबारदेखि शुरू भएको छ । मेलमिलाप परिषद्को आयोजनामा तालिम शुरू भएको हो ।
तालिमको उद्घाटन सत्रमा मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले मेलमिलापलाई संसारमै उत्कृष्ट प्रक्रियाको रूपमा लिएको बताएका छन् । उनले मेलमिलापबाट बिवाद समाधान भएमा समय,मांसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने बताएका छन् ।
मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दिर्घकालिन शान्ति सुरक्षा कायम भई असल र सभ्य समासज निर्माण हुने न्यायाधिश रेग्मीको तर्क थियोे । न्याय समितिबाट ८०÷७० प्रतिशत विवाद समाधान हुँदै आएको उनको भनाइ छ ।
कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज ईजलासका न्यायाधीश वामदेव ज्ञवालीले न्यायाधीशले एक पक्षलाई हराउने र अर्को पक्षलाई जिताउने काम गर्नुपर्दा न्यायाधीशलाई न्यायाधीश भएको हुनुमा गर्व नलाग्ने गरेको बताए । उनले भने, “सफल मेलमिलाप कर्ता हुनु ठूलो गौरव हो । मेलमिलापकर्ताले दुबै पक्षलाई जिताउँछ । दुबै पक्षको मन र मस्तिष्कमा हुने भएकोले पक्ष विपक्ष तथा मेलमिलाप कर्तालाई भित्रैबाट सन्तुष्टि हुनुले मेलमिलापप्रति सर्वसाधारणको सकारात्मक धारणा रहेको छ ।”
कार्यक्रममा उच्च बार एशोसियन सप्तरीका अध्यक्ष हरेराम यादवले समयमा फैसला पत्र आउन नसक्नुका कारण जनशक्ति अभाव भएपछि सेवाग्राही र अधिवक्ताको गुनासो रहेको बताए । अदालतमा दरबन्दीभन्दा ५० प्रतिशत कर्मचारी कम रहेकोले अदालतको कामकाज प्रभावित हुँदै आएकोप्रति सम्बन्धित निकायले यसतर्फ गम्भीर हुनुपर्ने सुझाव दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ