News Category 2081/08/11
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
पिछडा वर्ग (ओबिसी) महासंघ नेपाल शाखा सप्तरीको मंगलबार बसेको बृहत भेलाबाट उमेश प्रसाद यादवको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतोको विशेष उपस्थितिमा राजविराजमा भएको बृहत भेलाले अध्यक्ष पदमा यादवसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्ष खडक नगरपालिकाका निवर्तमान मेयर मो. हेमायु हक, सचिवमा यधुनन्दन दास र कोषाध्यक्षमा लिलादेवी ठाकुर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शंकर प्रसाद साह, शैलेन्द्र कुमार दास, लोकेन्द्र कुमार चौधरी, राजकुमार साह तेली र रुप कुमारी चयन भएका छन् । समितिको कार्यकाल पाँच वर्षको हुनेछ ।
भेलाका प्रमुख अतिथि समेत रहेका महासंघका राष्ट्रिय अध्यक्ष मेहतालाई नवगठित कार्यसमितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सर्वसम्मतिले चयन भएका अध्यक्ष यादवले पिछडा वर्ग महासंघ सप्तरी शाखाको केही दिन भित्रै राजविराजमा कार्यालय स्थापना गरि आवद्ध जातिय समुदायको उत्थान र हकहितका लागि विभिन्न गतिविधिलाई तिब्रता प्रदान गरिने प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ