News Category 2081/08/11
आचारसंहिताको उलङघन गर्दै कर्मचारी आवश्यकताका लागि विज्ञापन आह्वान
दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले निर्वाचन आचारसंहिताको उलङघन गर्दै कर्मचारी आवश्यकताका लागि विज्ञापन आह्वान गरेको छ ।
सो नगरपालिकाको वडा नं. १ र ४ मा अध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । मंसिर २ गतेदेखी नै उक्त नगरपालिकामा आचारसहिता लागु भइसकेको छ । तर, नगरप्रमुख रामलखन मलाहले आचारसहितालाई वेवास्ता गर्दै उक्त बिज्ञापन आह्वान गरेका हुन् ।
आचारसंहिता लागू भएकै मतिमा नगरपालिकामा रोजगार संयोजक (अधिकृत स्तर छैठौं) र रोजगार सहायक (सहायक स्तर पाँचौं) को विज्ञापन आह्वान गरिएको छ ।
२०८० चैत २२ गते बिभिन्न पदका लागि गरिएको पदपूर्ती सम्बन्धी सूचना अनुसार र २०८१ कात्तिक २१ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार रद्द गरी विज्ञापनहरुको पुनः विज्ञापन गर्ने निर्णय भएकाले यसअघि गरिएको विज्ञापन रद्द गरी पुनः विज्ञापन गरिएको जनाइएको छ ।
“यसअघि विज्ञापनमा दरखास्त फारम पेश गरेका उम्मेदबारहरुलाई पनि सामेल गराई थप दरखास्त फारम संकलन गर्नका लागि पुनः १५ दिने सूचना प्रकाशित गरिएको छ’ विज्ञापनमा भनिएको छ, ‘साथै माग गरिएका विवरणहरु र राजस्व तिरेको रसीदसहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ ।’
यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा बिज्ञापन आह्वान गर्नु आचारसंहिता विपरित भएको बताउँछन् । आचारसंहिता उल्लंघन गरेको पाइएको जानकारी गराउँदा नगरपालिकाले तत्कालै बिज्ञापन स्थगित गरेको निर्वाचन कार्यालयका प्रमुख जोशीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ