News Category 2081/08/11
भारततर्फ लैजादै गरेको ८ कार्टुन “मामा” भन्सार चलान
दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
नेपालबाट भारततर्फ अवैध रुपमा लगिदै गरेको अवस्थामा प्रहरीले ८ कार्टुन मामाश्री मदिरा नियन्त्रणमा लिएको छ ।
भारतको बिहार राज्यको विभिन्न सहरमा पु¥याइ मँहगोमा बिक्रि हुने गरेकाले मदिरा तस्करीमा केही व्यक्ति सक्रिय रहेको सुराकीका आधारमा सप्तरी प्रहरीले सीमानाका क्षेत्रमा निगरानी बढाएको छ ।
यसैक्रममा अघिल्लो दिन चेक जाँचको क्रममा सप्तरीको राजगढ गाउपालिका २ कमलपुर सडकखण्डमा प्रहरीले मोटरसाईकलमा बोरामा लुकाई छिपाई भारततर्फ लैजादै गरेको अवस्थामा ८ कार्टुन मामाश्री मदिरा बरामद गरिएको प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीलाई देख्नासाथ तस्करहरु मोटरसाईकल र मदिरा राखिएको बोरा छाडेर भागेको उनको भनाई छ । बरामद मदिरा र मोटरसाइकल मंगलवार आवश्यक कारवाहीका लागी राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
भारतको विहार राज्यमा मदिरा विक्री वितरणमा रोक लगाइएपछि त्यहाँका मदिरा प्रेमीलाई लक्षित गरी विभिन्न ब्राण्डका नेपाली मदिरा तस्करी हुने गरेको सुचनाका आधारमा नाका क्षेत्रमा निगरानी बढाइनुका साथै चेकजाँचमा कडाइ गरिएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ