News Category 2081/08/12
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
नशा च्यापिएर उपचार गर्न असमर्थ रहेका विगत एक महिनादेखी घर मै राखिएका एक मजदुरको उपचारका लागी पहल र सहयोग जुट्न थालेको छ ।
पेशाले मजदुर रहेका राजविराज ६ निवासी रमेश सदाको उपचारका लागी वडा र नगरपालिका कार्यालयले पहल थालेको छ ।
यसै क्रममा सदाकी पत्नी रम्भालाई बुधवार वडाअध्यक्ष शशी चौधरीले श्रीमानको उपचार गराउन १० हजार रुपैया सहयोग गरेका छन ।
यसका अतिरिक्त उनले राजविराज नगरपालिका कार्यालयबाट सदाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा छुटका लागी विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत पाउनु पर्ने उपचार सुविधाको सिफारिश पत्र समेत उपलब्ध गराएका छन ।
सदाको उपचाका लागी राजविराज नगरपालिकाले समेत ५० हजारको सहयोग गर्ने तयारी गरेको कार्यवाहक नगरप्रमुख इसरत परवीनले बताइन ।
पेशाले मजदुर २७ वर्षिय सदा एक महिना अघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर लादै गर्दा अचानक ढलेर अचेत भएका थिए । उनको टाउँको, घाँटी र ढाडमा चोट लाग्नुका साथै घाँटी र ढाडको नशा च्यापिएको थियो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेका सदाको उपचारमा डेढ लाख रुपैया लाग्ने भएपछी रकम अभावमा उनलाई अहिले घरकै ओच्छ्यान मै राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ