News Category 2081/08/12
संसदीय समितीको टोलीद्वारा राजविराज कारागार र थुनुवा कक्षको निरिक्षण
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
कानुन, न्याय तथा मानव अधिकार संसदीय समितीको टोलीले बुधवार राजविराज कारागार तथा प्रहरीको थुनुवा कक्षको निरिक्षण गरेको छ । संसदीय समितीद्वारा कारागार र थुनुवा कक्षको निरिक्षण गरिएको यो पहिलो पटक हो ।
समितीका सभापती विमला सुवेदी तथा सदस्यहरु रन्जु ठाकुर, पुष्प बहादुर शाह, शेर बहादुर कुवँर, नविना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरिक्षण गर्दै आवश्यक जानकारी लिएको छ ।
सो क्रममा थुनुवा कक्ष तथा कारागारमा रहेका कैदी÷बन्दी सँग समस्याबारे साक्षात्कार गर्नुका साथै समाधान र सुधारका लागी गरिनु पर्ने कार्यहरुबारे सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरु सँग टोली सुझाव समेत लिएको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित छलफलमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले थुनुवाको अवस्था तथा विद्यमान समस्याका बारेमा संसदीय टोलीलाई जानकारी दिएका थिए ।
यसैगरी सप्तरी कारागरामा विद्यमान समस्या र थुुनुवाको अवस्थाका बारेमा जानकारी गराउँदै संचारकर्मीहरुले राजविराज कारागारको जीर्ण भवन संरचना, क्षमता भन्दा चौब्बर कैदी÷बन्दी राख्दा उत्पन्न समस्या तथा कारागारको बर्षाैदेखी अतिक्रमणमा परेका जग्गा खाली गराउन नसक्दा थपिएको सुरक्षा चुनौती लगायतका समस्या उठान गर्दै समाधानका लागी पहल गर्न सुझाव दिएका थिए ।
टोलीकी सदस्य सांसद रञ्जु कुमारी ठाकुरले हिरासतमा रहेका बन्दीहरुको अवस्था, समस्या, अधिकार, कारागार र थुनुवाकक्ष भवन संरचनाको अवस्था लगायतका विषयमा टोलीले अध्ययन गरी समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने बताईन । उनले विगतका कानुनमा देखिएका त्रुटिमा सुधार र आवश्यक पर्ने विषय समेटेर परिर्माजनका लागी समेत यस्तो निरिक्षण फलदायी हुने विश्वास ब्यक्त गरिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ