News Category 2081/08/13
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
“घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं” नाराका साथ १६ दिने अभियान अन्तर्गत बिहीबार महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड डेभलपमेन्ट नेपाल, राजविराज नगरपालिका वडा नं ४ को कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, सप्तरी बढाउ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहजकर्ताहरूले महिला हिंसा, महिला हिंसाका कारण, अहिले महिला हिंसाको अवस्था, महिला हिंसा न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधान लगायतका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा परिकल्पना नेपालको अध्यक्ष पत्रकार सुधा देव, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख मनिषा सिम्खडा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.स निकुन्दन कुशवाहले महिला हिंसाको विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेश साह, इनसेक प्रतिनिधि मनोहर कुमार पोखरेल लगायतले आ–आफ्ना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा न्यायपालि सदस्य ललिता कर्ण, सोनी रजक, वडा नं २ का महिला सदस्य मंजु खड्का, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष बबिता देव, संजय शर्मा, दिलिप दास मैथिली साहित्य परिषदका उपाध्यक्ष राजकुमार लाल दास लगायतको उपस्थिति रहेको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ