News Category 2081/08/14
उपचारको अभावमा थला परेका रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
नशा च्यापिएर उपचार गर्न असमर्थ रहेका विगत एक महिनादेखी घर मै राखिएका एक मजदुरको उपचारका लागी राजविराज नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
राजविराज ६ निवासी मजदुर पेशामा रहेका रमेश सदाको उपचारका लागी नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो ।
शुक्रबार नगरपालिका कार्यवाहक प्रमुख इसरत परविन सदाको घरमै पुगि उनकी पत्नि रम्भालाई ५० हजारको चेक हस्तान्तरण गरेकी छिन् ।
यसअघि बुधबार वडा नं. ६ का अध्यक्ष शशी चौधरीले पनि श्रीमानको उपचार गराउन रम्भालाई १० हजार रुपैया सहयोग गरेका थिए ।
यसका अतिरिक्त राजविराज नगरपालिका कार्यालयबाट सदाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा छुटका लागी विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत पाउनु पर्ने उपचार सुविधाको सिफारिश पत्र समेत उपलब्ध गराएका छन ।
पेशाले मजदुर २७ वर्षिय सदा एक महिना अघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर लादै गर्दा अचानक ढलेर अचेत भएका थिए । उनको टाउँको, घाँटी र ढाडमा चोट लाग्नुका साथै घाँटी र ढाडको नशा च्यापिएको थियो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेका सदाको उपचारमा डेढ लाख रुपैया लाग्ने भएपछी रकम अभावमा उनलाई अहिले घरकै ओच्छ्यान मै राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ